गुन्जिए विप्लव र बिनिता कुञ्ज थिएटरमा

काठमाडौं – काठमाडौको बाँनेश्वर थापागाउँस्थीत कुञ्ज थिएटरमा डा. विप्लव ढकाल र बिनिता कार्की गुञ्जिएका छन् । आज काव्य मुशायरा परिवारले आयोजना गरेको गजल र कविता बाचनको सत्रौं श्रृंखलामा उनीहरु गुञ्जिएका हुन् ।

नयाँ पुस्ताका गजलकार बिनिता कार्की र करिव चार दशक देखि लेखन यात्रामा लाग्नु भएका पुराना पुस्ताका स्रष्टा डा. विप्लव ढकालले उपस्थित सवैको वाहवाही पाएका थिए । तीन चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रत्येक चरणमा ४ गजल र २ कविता वाचन गरिएको थियो ।

लामो समय नेपाली साहित्यमा लागेर गजल कविता एवम अन्य विधामा कलम चलाउदै आएका विप्लव ढकालले नया पुस्तालाई पुराना पुस्ताले प्रोत्साहन गर्नु पर्ने बताउदै बिनिताको गजल वाचनको प्रशंसा गरेका थिए । करिव एक दशकदेखि गजल लेखनमा लागेकी बिनिता कार्कीकोे २०६८ मा आगमन गजल संग्रह प्रकाशित भएको थियो भने २०७० मा प्रकाशित भएको २० गजलकारको २०-२० गजल समेटिएको गजल संग्रह कैफियतमा पनि उनका गजल समावेश छन् । बिनिताले विशेष गरि युवाहरुलाई तताउने खालको गजल वाचन गरेकी थिइन् ।

कुञ्ज थिएटर खचाखच भरिएको थियो उपस्थित सवैले विप्लव ढकालको कविता र बिनिता कार्कीको गजलको मुक्त कण्ठले प्रशंसा गरेका थिए । बिनिता कार्कीका दमदार गजल र विप्लव ढकालको वजनदार शव्दले भरिएका कविता हलमा गुञ्जायमान हुदा तालिको गड्गडाहट नै चलेको थियो । पछिल्लो समय गजल एवम कविताका पारखिको संख्या दिनप्रति दिन बढ्दै गएको छ । नयाँ पुस्तामा आकर्षण बढ्नु  सामाजिक सञ्जालको प्रभावलाई समेत लिन सकिन्छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको