नगर उपप्रमुखको गाउँमा बिजुली बल्दैन

डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिका उप प्रमुख संगिता भण्डारीको गाउँमा बिजुली बल्न सकेको छैन । अमरगढी नगरपालिका–३ चिरकिट्टे क्षेत्रका गाउँमा बिजुलीका पोल गाडिएर तार समेत तानिएका छन । तर बिजुली भने बल्न सकेको छैन ।
ओखरखेती लाई स्थानियले आफनो रोजीरोटीका रुपमा प्रयोग गर्दै आएका कारण ओखरका रुख काटिए आफनो रोजीरोटी गुम्ने भएकाले बिजुली बल्न समस्या भएको हो ।ओखरका हाँगा तारमा छुने भन्दै स्थानियले हाँगा काट्न दिएका छैनन् । बिद्युत प्राधिकरणले मिटर लिन भने पनि स्थानिय नआएको जनाएको छ ।

चिरकिट्टे क्षेत्र सत्कट्टा, झोपेबाच, रोडङ्गा गाउँका केही स्थानियले घरमा वायरिङ्ग पनि गरेका छन । यस क्षेत्रका सबै स्थानियले मिटर नलिएका कारण बिजुली बल्न नसकेको उपप्रमुख भण्डारीले बताईन ।
स्थानिय गाउँलेहरुले ओखर खेती गर्दै आएका छन । उनले भनिन, एउटै रुख ओखरको भए पनि धेरै आम्दानि हुन्छ । ओखर स्थानियको रोजी रोटी हो । यस कारण स्थानियले ओखरका रुख काट्न दिएका छैनन । र बिजुली बल्न सकेको छैन ।

स्थानियले ओखरका हाँगा काट्न नदिएका कारण बिजुली बल्न नसकेको वडा अध्यक्ष गोबिन्द बोहराले बताए । स्थानियले बिजुलीका पोल सार्नु पर्ने माग राखेका कारण बिजुली बल्न नसकेको उनको भनाई छ ।
स्थानियलेनै विवाद गरे पछि सबै क्षेत्रमा पोल पनि गाड्न सकिएको छैन भने तार पनि तान्न बाँकी छ । बिजुली नबल्दा यस क्षेत्रका करिब ३० बढी परिवार अन्धकारमै बस्न बाध्य भएका छन ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको