मौसम : मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं- केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार रातभरि लगातार पानी परेको मौसमविद शान्ति कँडेलले बताइन्।

‘देशका अधिकांश स्थानमा पानी पर्ने र रोकिने क्रम रातभर नै चलेको हो । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । केही स्थानमा ठूलो पानी समेत परेको छ ।’

भारतको छत्तिसगडको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–उत्तरपश्चिम तर्फ सरिरहेको छ र नेपाल नजिक आउने क्रममा छ । सोही कारण मौसम बदली भइ पानी परेको हो ।’

बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

पश्चिमी वायु उच्च भएसँगै पूर्र्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ । अघिल्ला केही वर्षयता कहिले मनसुन ढिला सुरु हुने त कहिले ढिला सकिने प्रवृत्ति देखिएको थियो तर यस वर्ष भने मनसुन सुरु भएकै दिन जुन १० बाट नै मनसुन सक्रिय बन्यो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको