काठमाडौं – नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर रुपमा ओरालो लागेको सुनको भाउ शुक्रबार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
यसदिन चाँदीको भाउ पनि प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।
