गोकर्णेश्वरमा कुकुरलाई रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमान्डौको आयोजना र गोकर्णेश्वर नपा वडा नम्बर ४ अनि पशुसेवा शाखा गोकर्णको समन्वयमा आज घर पालुवा कुकुर एवम बिरालो र सामुदायिक कुकुरहरुलाइ रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर सम्पन्न भएको छ।

उक्त शिविरको वडा नम्बर ४ को कार्यालय प्रांगणमा एक समारोह बीच कार्यक्रमको प्रमुख अतिथि तथा गोकर्णेश्वर नपा कि उपप्रमुख श्रीमती शान्ती नेपालले उद्घाटन गर्नु भएको थियो।  कार्यबाहक वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा नारायण बहादुर श्रेष्ठ बिशेस अतिथि रहेका थिए।

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्यहरु , भेटनरी डाक्टर एवम प्राबिधिकहरु र स्थानीय बासिन्दाहरुको पनि उपस्थिति थियो। कार्यक्रममा बोल्दै उपप्रमुख नेपालले गोकर्णेश्वर नगरपालिका क्षेत्र भरिनै यस्तो कार्यक्रम हुनु पर्नेमा जोड दिईन।

नगरपालिकाले छिट्टै सामुदायिक कुकुर नियन्त्रण गर्ने कार्यक्रम ल्याउने पनि उनले भनाइछ।   मानिसमा स्याल, ब्वासो लगायतका जंगली जनावरबाट भन्दा पनि सामुदायिक कुकुरबाट रेबिज बढी सर्ने तथ्यांक प्रस्तुत गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा नारायण बहादुर श्रेष्ठले सामुदायिक कुकुर नियन्त्रण गर्न पोथी कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

नगरपालिका र वडा कार्यालयले यस्ता कार्यक्रम ल्याए भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सदैब सहयोग गर्न तयार रहेको उनले बताए ! वडा नम्बर ४ का वडा सचिब नवराज सेनका अनुसार आजको शिविरमा वडा नम्बर ४ लगायत वरपरका बस्तिबाट ल्याइएका घरपालुवा र सामुदायिक गरि करिब ३०० कुकुरलाई भ्याक्सिन लगाइएको छ ! बडा कार्यालय, इटिचोक र किसिगाल गरि ३ ठाउमा संचालित सिविरमा उक्त संख्याको कुकुरहरुलाई भ्याक्सिन लगाइएको थियो।  सिविरमा ६० प्रतिसत भन्दा बढी सामुदायिक कुकुरलाई भ्याक्सिनेसन गरिएको पनि वडा सचिब सेनले जानकारी दिए।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको