गोकर्णेश्वरमा कुकुरलाई रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमान्डौको आयोजना र गोकर्णेश्वर नपा वडा नम्बर ४ अनि पशुसेवा शाखा गोकर्णको समन्वयमा आज घर पालुवा कुकुर एवम बिरालो र सामुदायिक कुकुरहरुलाइ रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर सम्पन्न भएको छ।

उक्त शिविरको वडा नम्बर ४ को कार्यालय प्रांगणमा एक समारोह बीच कार्यक्रमको प्रमुख अतिथि तथा गोकर्णेश्वर नपा कि उपप्रमुख श्रीमती शान्ती नेपालले उद्घाटन गर्नु भएको थियो।  कार्यबाहक वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा नारायण बहादुर श्रेष्ठ बिशेस अतिथि रहेका थिए।

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्यहरु , भेटनरी डाक्टर एवम प्राबिधिकहरु र स्थानीय बासिन्दाहरुको पनि उपस्थिति थियो। कार्यक्रममा बोल्दै उपप्रमुख नेपालले गोकर्णेश्वर नगरपालिका क्षेत्र भरिनै यस्तो कार्यक्रम हुनु पर्नेमा जोड दिईन।

नगरपालिकाले छिट्टै सामुदायिक कुकुर नियन्त्रण गर्ने कार्यक्रम ल्याउने पनि उनले भनाइछ।   मानिसमा स्याल, ब्वासो लगायतका जंगली जनावरबाट भन्दा पनि सामुदायिक कुकुरबाट रेबिज बढी सर्ने तथ्यांक प्रस्तुत गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा नारायण बहादुर श्रेष्ठले सामुदायिक कुकुर नियन्त्रण गर्न पोथी कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

नगरपालिका र वडा कार्यालयले यस्ता कार्यक्रम ल्याए भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सदैब सहयोग गर्न तयार रहेको उनले बताए ! वडा नम्बर ४ का वडा सचिब नवराज सेनका अनुसार आजको शिविरमा वडा नम्बर ४ लगायत वरपरका बस्तिबाट ल्याइएका घरपालुवा र सामुदायिक गरि करिब ३०० कुकुरलाई भ्याक्सिन लगाइएको छ ! बडा कार्यालय, इटिचोक र किसिगाल गरि ३ ठाउमा संचालित सिविरमा उक्त संख्याको कुकुरहरुलाई भ्याक्सिन लगाइएको थियो।  सिविरमा ६० प्रतिसत भन्दा बढी सामुदायिक कुकुरलाई भ्याक्सिनेसन गरिएको पनि वडा सचिब सेनले जानकारी दिए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको