भोजपुर घटना : सत्तारूढ र विद्रोही दुवै नेकपालाई कांग्रेसको यस्तो आयो चेतावनी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दुवैलाई शान्तिपूर्ण समाधानको विकल्प रोज्न चेतावनी दिएको छ l

बुधवार साँझ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भोजपुरमा दुई जना मारिने गरी भएको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् l

‘काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटनापश्चात् आज दुई युवाको जीवन समाप्तीको घटनाले अब दुवै पक्षलाई दबाब दिएको हुनुपर्छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l’

शर्माले विज्ञप्तिमार्फत विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेका छन् l उनले प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गर्दै शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् l

संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्ता मार्फत विश्वासमा लिने कर्तव्य सरकारको भएको शर्माको जिकिर छ l हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक रहेको शर्माले बताए l

शर्माले सर्लाही घटनाको संसदीय समितिमार्फत छानबिन गर्न कांग्रेसले माग गरिरहेको पनि उल्लेख गरे l भोजपुर घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्छ,’ शर्माले विज्ञप्तिमार्फत अपिल गरेका छन् l

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको