काठमाडौँ – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशभर बलदी र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविदले बताएका छन् ।
हाल देशभरको मौसम पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र दिनभर यस्तै रहने जनाइएको छ ।
बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।