काठमाडौं – काठमाडौंको सामाखुशीमा घुस लिँदालिँदै चारजना प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महानगरीय ट्राफिक महाशाखा मातहत कार्यरत् जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारी छन् ।
उनीहरुसँगै ३ नं. गणका जवान हिड्लर साउद पनि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनीहरुलाई शुक्रबार दिउँसो एक मिठाइ पसलबाट पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार उनीहरुको साथबाट एक लाख रुपैयाँ बरामद भएको छ ।
‘सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा उनीहरुले रकम मागेका थिए’,