काठमाडौँ- निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १६ पुगेको छ। काभ्रेको बनेपा-३ चुनातालमा घरलाई पहिरोले  थिच्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको ज्यान गएको छ।

३० वर्षीया सुशीला दंगाल र ३ वर्षीया अनुस्का दंगाल घाइते छन्। रामेछापको रामेछाप-६ करमटारमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको ज्यान गएको छ। ५० वर्षीया असुली सुनुवार घाइते छिन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा घरभित्र पानीको भेल पसेर पर्खाल भत्कँदा ६६ वर्षीय जगतबहादुर राईको ज्यान गएको छ। भोजपुरकै टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा शौच गर्नेक्रममा पहिरोले पुरिँदा १४ वर्षीय जनक विकको मृत्यु भएको छ।

ललितपुरको बाग्मती गाउँपालिका-२ बगुवामा पहिरोले घर थिच्दा ११ वर्षीय सुरज जिम्बाको ज्यान गएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-२ मा पहिरोले पुर्दा एकै घरका रेखा राई, रोमन राई र रोहन राईको मृत्यु भएको छ। विष्णुकुमार राई घाइते छन्।

काठमाडौंको कागेश्वरी मनहरा-६ मुलपानीमा पर्खालले टहरा थिच्दा एकै घरका २० वर्षीया निलु यादब, ३५ वर्षीया शर्मीला यादब र १०  वर्षीय कुन्दन यादबको ज्यान गएको छ। शर्मीला र कुन्दन आमा छोरा हुन्। मकवानपुरको थाहा -३ मा खोलाएर बगाएर १४ वर्षीया सन्तमाया बलामीको ज्यान गएको छ।

पर्साको पर्सागढी-१ मा खोलामा बगेको दाउरा टिप्न जाँदा १० वर्षीय निखिल पटेलको ज्यान गएको छ। धादिङको गजुरीमा घर भत्किएर ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल – १ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किएर ३५ वर्षीया हेमकुमारी सुनुवारको ज्यान गएको छ।

बाढी र पहिरोका घटनामा ८ जना बेपत्ता छन् भने पाँच जना घाइते रहेको नेपाल प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here