भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १६ पुग्यो (नामसहित)

काठमाडौँ- निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १६ पुगेको छ। काभ्रेको बनेपा-३ चुनातालमा घरलाई पहिरोले  थिच्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको ज्यान गएको छ।

३० वर्षीया सुशीला दंगाल र ३ वर्षीया अनुस्का दंगाल घाइते छन्। रामेछापको रामेछाप-६ करमटारमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको ज्यान गएको छ। ५० वर्षीया असुली सुनुवार घाइते छिन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा घरभित्र पानीको भेल पसेर पर्खाल भत्कँदा ६६ वर्षीय जगतबहादुर राईको ज्यान गएको छ। भोजपुरकै टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा शौच गर्नेक्रममा पहिरोले पुरिँदा १४ वर्षीय जनक विकको मृत्यु भएको छ।

ललितपुरको बाग्मती गाउँपालिका-२ बगुवामा पहिरोले घर थिच्दा ११ वर्षीय सुरज जिम्बाको ज्यान गएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-२ मा पहिरोले पुर्दा एकै घरका रेखा राई, रोमन राई र रोहन राईको मृत्यु भएको छ। विष्णुकुमार राई घाइते छन्।

काठमाडौंको कागेश्वरी मनहरा-६ मुलपानीमा पर्खालले टहरा थिच्दा एकै घरका २० वर्षीया निलु यादब, ३५ वर्षीया शर्मीला यादब र १०  वर्षीय कुन्दन यादबको ज्यान गएको छ। शर्मीला र कुन्दन आमा छोरा हुन्। मकवानपुरको थाहा -३ मा खोलाएर बगाएर १४ वर्षीया सन्तमाया बलामीको ज्यान गएको छ।

पर्साको पर्सागढी-१ मा खोलामा बगेको दाउरा टिप्न जाँदा १० वर्षीय निखिल पटेलको ज्यान गएको छ। धादिङको गजुरीमा घर भत्किएर ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल – १ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किएर ३५ वर्षीया हेमकुमारी सुनुवारको ज्यान गएको छ।

बाढी र पहिरोका घटनामा ८ जना बेपत्ता छन् भने पाँच जना घाइते रहेको नेपाल प्रहरीले जनाएको छ

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको