काठमाडौँ – त्रिशूली नदीमा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा ना ४ ख १७९६ नम्बरको ट्रक राति साढे एक बजे सडकबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रकका चालक माधव थापा मगरलाई राति नै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । सहचालक दाङको घोराहीका अनिल गुरुङ बेपत्ता भएका थिए ।

उनको शव शनिबार बिहान निकालिएको मुग्लिन प्रहरीले जनाएको छ । माथिबाट खसेको ढुंगा छल्ने क्रममा ट्रक नदीमा खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here