काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जाने भएका छन् । ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।
भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।
उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ। हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।
