काठमाडौं : सरकारले सचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव फेरबदल गरेको हो।

शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालय र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दियो।

महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै सरुवा हुनेमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिँचाइ सचिव सञ्जय शर्मालाई, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको छ।

सचिव सरुवाको निर्णयलाई सरकारले ‍औपचारिक रुपमा सार्वजनिक गरेको भने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here