निषेधाज्ञाको पहिलो दिन मन्थलीमा जे देखियो (फोटोफिचर)

रामेछाप – रामेछापमा आजदेखि निषेधाज्ञा जारी भएको छ।  जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाका भिडभाड हुने क्षेत्रमा आज मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेकाे हो।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरिएण्टसहितको कोभिड–१९ को संकमण तीव्र रुपले फैलिएको भन्दै जाेखिम युक्त क्षेत्रहरु ताेकि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हाे । संक्रमणकाे जाेखिममा रहेका जिल्लाका विभिन्न स्थानहरुमा आजदेखि निषेधाज्ञा जारी भएकाे छ ।


जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्र रामेछापको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्बाेट,३ को ठूलीमदौ ,६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीमा निषेधाज्ञा जारी गरेकाे छ । यसैगरि गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १,४ र ५ लाइ जोखिमयुक्त क्षेत्र तोकी सो क्षेत्रमा पनि आजबाट बैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा ताेकिएकाे सेवा बाहेकका अन्य सेवा बन्द गरिएकाे प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुले बताएका छन् ।

अनावश्यक रुपमा मन्थलीमा निषेधाज्ञालाई अटेर गरेर हिँड्ने गरेको पनि पाइएको छ । अटेर गर्ने धेरै सवारी साधनलाई प्रहरीले समाएर होल्डिङ सेन्टरमा राखेका छन् ।  निषेधाज्ञा लागु गर्न बिहानैदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीहरू सडकमा खटिएका छन्।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको