महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको घोषणा

बेइजिङ – चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’

चीन र पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीबीच वैशाख दोश्रो साथा भिडियो कन्फ्रेन्स हुँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी नेपाललगायत सम्बन्धित मुलुकहरूलाई सहयोगको प्रतिबद्धता जनाएका थिए। चीनले नयाँ चरणको स्वास्थ्य सहायता उपलब्ध गराउने वाचालाई व्यवहारमा उतार्न लागेको छ। प्रवक्ता वाङले भनेका छन्, ‘अहिलेको अवस्थामा महामारी प्रतिरोधी स्वास्थ्य सामग्रीको तयारी आधारभूत रुपमा पूरा भएको छ, नेपाली साथीहरूको सहयोगमा सम्भव भएसम्म तत्काल नेपालमा पुर्‍याउन चीन तयार छ।’

परराष्ट्र प्रवक्ता वाङका अनुसार चीनका स्थानीय सरकार तथा गैसरकारी संस्थाहरूले सक्रियताका साथ महामारीका लागि अत्यावश्यक सामग्रीहरू नेपालमा पुर्‍याउने काम गर्दै आएका छन्। उनले भने, ‘हामीलाई विश्वास छ, नेपाल सरकार र सबै पार्टीहरूको संयुक्त प्रयासमा नेपाली जनताले महामारीबाट मुक्ति पाउनेछन्। उत्पादन र जनजीवन पूर्ववत् रूपमा सामान्य अवस्थामा फर्किनेछ।’

चिनियाँ सञ्‍चारमाध्यमका अनुसार नेपाल चीनको मैत्री छिमेकी र रणनीतिक साझेदार हुनुका साथै महामारीको उदयपछि एकअर्कालाई आपसी सद्भाव र सहयोगबाट नयाँ अध्याय कोरेका मुलुक हुन्। चीनले नेपालमा जारी कोरोना महामारीका चुनौतीलाई साझा गर्न चाहन्छ र नेपाललाई सहयोग पुर्‍याउन यथाशक्य प्रयास गरिरहने टिप्पणी पनि चिनियाँ सञ्‍चारमाध्यमहरूले गरेका छन्। कान्तिपुरबाट

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको