रवि लामिछाने ५ लाख धरौटीमा रिहा, अरु २ जनाको यस्तो छ फैसला

काठमाडौँ- शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाबारे चितवन जिल्ला अदालतले यस्तो आदेश दिएको हो।

पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए।  सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको हो। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको