रवि लामिछाने ५ लाख धरौटीमा रिहा, अरु २ जनाको यस्तो छ फैसला

काठमाडौँ- शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाबारे चितवन जिल्ला अदालतले यस्तो आदेश दिएको हो।

पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए।  सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको हो। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको