स्वास्थ्य मन्त्रालयले भन्यो : अहिले कसैले पनि पहिलो डोजको खोप नदिनू, अब दोस्रो डोजको व्यवस्था नहुन सक्छ

सरकारले पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन जानकारी दिएको छ।  कोरोनाविरुद्ध खोप अभियान चलिरहेका बेला सरकारले यसअघि पहिलो डोज लिएकालाई मात्र दोस्रो डोज लिन आग्रह गरेको छ।

अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको छ। बुधबार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले अब दोस्रो डोजको व्यवस्था नहुन सक्नेतर्फ सचेत गराए।

‘अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै हो’ उनले भने, ‘अहिले कसैले पनि पहिलो डोज नलिनुहोला। स्वास्थ्यकर्मीहरुले पनि कसैलाई पहिलो डोज नदिनुहोला। सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्छ।’

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ।

हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्। तर, नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको छ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको