कोभिड–१९ महामारीमा पशु चिकित्साकर्मी कसरी सुरक्षित रहने ?

  • डा.केदार कार्की

विश्वव्यापी कोभिड–१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए.नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैली राखेको छ। यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोमसार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण उत्पन्न गराउछ जसका कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ पनि भनिन्छ ।

मानिसमा रोगको लक्षण :

कोविड–१९ रोगको कारण मानिसहरुमा स्वास नलीमा संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटीमा खस खस हुने टाउको दुख्ने सामान्य लक्षण देखिन्छ । यसपछि रोगीलाई सास लिन गाहा्रे या तिव्र गतिमा सास चल्ने ,खोकी लाग्ने जस्ता लक्षण देखिन्छ । जुन प्राय जसो केटा केटीहरुमा बढी देखिन्छ । तर प्रौढहरुमा भने धेरै जसोमा ज्वरो आउने र सास सम्वन्धी लक्षण मात्र देखिन्छ ।

यदि यो स्थिती केटाकेटीमा भयो भने तीनलाई खोकी लाग्ने, आमाको दुध चुस्न तथा पेय पर्दाथ पिउन असर्मथ हुने ,शारीरिक थकाई शिथिलता तथा तीब्र स्वासको गती जस्ता लक्षणहरु देखिन्छ । रोगीको शारीरिक स्थिती अझ गम्भिर भएमा एकयुट रेस्पायरेटरी डिस्टे«स सिन्ड्रोम हुन जान्छ ।रोगीको स्थीती बिग्रेमा उसको शरीरको अन्य अंगहरु प्रभावित हुन थाल्दछ । व्यस्कहरुमा मानसीक स्थिरता भंग हुनु ,सास फेर्न गाहो्र हुनु , मुत्र बिर्सजनमा कमी ,तेज हृदय गती या न्युन रक्तचाप इत्यादि सम्मीलीत छन् । त्यसैगरी केटाकेटीहरुमा तापमान तथा स्वेत रक्तको कणिकाहरुको संख्यामा असमान्ता देखिन्छ । अत्याधिक गंभीर अवस्थाको बेला वयस्कहरु उच्च रक्तचाप बनि रहि रहनु ,तथा केटाकेटीहरुमा मानसीक भम्र तथा उच्च रक्तचापको लक्षण देखिन्छ ।

रोगबाट बच्ने :

कोभिड १९ को संक्रमणका कारण मानीसमा तीव्र गतिमा संकमण हुन्छ तर तथ्याङ्ग अनुसार मृत्यु दर भने कम हुन्छ भनिन्छ तर यसपटकको महामारीको प्रकृती हेर्दा भने ,चिकित्सा विज्ञान भने जस्तो टेस्ट बुक टेल्स लाई[text books tells lie] होला जस्तो छ । कुनै पनि व्यक्तिले यस महामारीलाई हल्का रुपमा लिनु हुदैन निति निर्माता एवं नियमनकारी निकायले पनि अझ सेवा प्रवाही निकायको भुमीका महत्वपूर्ण हुन जान्छ । किनभने विश्वमा कोभिड-१९ को भइरहेको परिक्षणमा अलाक्षणिय विरामीहरुको अनुपात धेरै संख्यामा पाइएको छ । यस्ता व्यक्ति धेरै जसो प्रौढहरु देखिएका छन यस रोगको संक्रमणबाट बच्नका लागी फेस माक्स लगाउनुका साथै एक अर्काबाट २ मिटर टाढा , पटक-पटक कम्तीमा २० सेकेन्डसम्म हातहरु सावुन पानीले धुने ,आवश्यक परेमा हातहरुमा पन्जा लगाउने भीडभाड हुने ठाउँमा जानबाट बच्ने , अफवाहरु तीर ध्यान नदिने इत्यादिबाट बचाउ संभव छ ।

पशुहरुमा कोभिड सर्छ ? 

हालै डिसेम्वर २०१९ को अन्तमा मानिसहरुलाई प्रभावित गर्ने यस रोगले पशुहरु खास गरि कुकुर, बिरालो, बाघहरुलाई संक्रमित गराएको केहि प्रमाण अवश्य पाइएको छ । तर अहिलेसम्म पशुहरुबाट मानिसहरुमा फैलिएको कुनै प्रमाण भेटिएको छैन । तर पशुहरुमा अन्य धेरै किसिमका कोरोना भाइरस अवश्य छन् जुन सजिलै पशुहरु तथा मानिसहरुलाई प्रभावित गर्दै आएका छन् । त्यसैले यो ध्यान दिन योग्य कुरा छ कि कोभिड–१९ संक्रमित रोगीहरुले पशुहरुको संम्पर्कमा आउनबाट बच्नु पर्छ । अन्यथा यस भाइरसले पशुहरुमा प्रवेश प्रान्त अनुवांशीक परिवर्तन भई गम्भीर उपभेद उत्पन्न हुने संभावनालाई नर्कान सकिन्न ।

पशु स्वाथ्यकर्मीहरुको पशु सेवा :

पशुहरुमा कोरोना भाइरसको संक्रमण एंवम् यस महामारीको बेला पशुपालकहरुलाई हुन सक्ने समस्याहरुलाई कम गर्नका लागि पशु स्वाथ्यकर्मीहरुको विशेष भुमिका रहेको छ । जुन विश्वव्यापी माहामारी कालमा पनि बेजुवान पशुहरुको सेवा गरेर पशुपालकहरुलाई पूर्ण सहयोग गर्दछन् । अहिलेसम्म कुनै पनि पशु स्वाथ्यकर्मीहरुलाई यस रोगको संक्रमण भएको रिर्पोट भेटिएको त छैन तर उचित बचाउका उपाय अवलम्वनमा हेलचेक्रयाई नगर्दा नै बेस हुन्छ ।

पशु स्वाथ्यकर्मीहरुको पशुपालक प्रेम :

यस कठिन बेलामा पनि पशुपालकहरुको सेवाका लागि तीनको पशुधन उत्पादनहरुलाई प्रोत्साहित गरि राखेका छन् ।  ग्रामीण क्षेत्रमा पशुहरुका लागि हरियो घास आहाराको दुःख परेको छैन तर दाना मिश्रणको लागि उनीहरुलाई बजारमा भरपर्नुे हुन्छ जहाँ तीनलाई सजिलैसँग कोविड–१९को संक्रमण हुने खत्रा छ र तीनको सम्पर्कमा आउनेले पशुस्वाथ्यकर्मीलाई पनि यस रोगको चपेटामा आउन सक्ने जोखिम छ । त्यसैले पशुपालकहरुले पनि जुन बेला पनि घर बाहिर निस्कनु परेमा फेस माक्स लगाउनु पर्ने हुन्छ बजारमा किनमेल गर्दा एक अर्का बाट २ मिटर टाढा बस्ने बिभिन्न सतहहरु छुनबाट बच्ने बेला बेलामा आफ्नो हातहरु साबुन पानीले धुने तथा हातहरुमा हैण्ड सेनिटाइजर लगाउदै रहने ,एक अर्काको हात मिलाएर अभिवादन गर्नुको साटो दुई हात जोडेर प्रणाम गर्ने वा हात उठाएर अभिवादन गर्ने । यसै गरि पशुस्वाथ्यकर्मीले पनि माथि  उल्लेखित कुराहरु अनुशरण गर्नुपर्ने हुन्छ । यो तथ्य छ कि “हिजो जिउदो थियौँ त्यसैले त आज छौं ,आज भए पो भोलि रहौला नत्र भोलि कस्ले देख्यो कि बाँची रहौँला” ।

पशु स्वाथ्यकर्मीहरुको कोभिड–१९ माहामारी विपद प्रबन्धन :

यद्यपि बेलाबेलामा विभागीय प्रशिक्षणहरुको माध्यमबाट पशुस्वाथ्यकर्मीहरुलाई विभिन्न प्रकारका संक्रामक रोगहरुबाट बच्न विपद व्यवस्थापनको प्रशिक्षण दिइने गरिन्छ । तर पनि कोभिड–१९ महामारीको यस बेलामा पशुचिकित्साकर्मीले आफुलाई बचाउदै पशुपालकहरुको हितमा पशु आपद  प्रवन्धनमा निम्न लिखित कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

  • पशुचिकित्साकर्मीहरुले सम्भव भएसम्म व्यक्तिगत सुरक्षा उपकरण पि .पि .ई . लगाइ मात्र पशुपंक्षिहरुको संम्पर्कमा जाने सो संभव एवम व्यवहारीक नभए कम्तिमा फेसमाक्स ,सर्जिकल पंन्जा ,डागरी वा एप्रोन ,बुट अनिवार्य लगाउने र संभव भएसम्म उपयोगपछि यी सामाग्रीहरुलाई साबुन पानीले धोएर निसंक्रमीत गर्ने ।
  • पटक-पटक मन तातो पानी पिउने ,आफनो पशुलाई उपचार गराउन ल्याउने पशुपालक कृषकलाई एक-एक गरी चिकित्सालयमा ल्याउन दिने र सो पशुको उपचार पछि मात्र अर्को पशुलाई प्रवेश गर्न दिने एउटा उपचारधिन पशुसंग कम से कम मानिसहरुको भीडभाड हुन नदिने । पशपालकहरु पशुचिकित्सालय हातामा प्रवेश गरी सकेपछि तीनको हातहरुमा हैण्ड सेनिटाइजर अनिवार्य रुपमा लगाउने । पशुचिकित्सालयमा नियमित रुपमा बिषाणु नाशक औषधी झोल छर्किने ।
  • पशुचिकित्सालयमा हात धुनका लागि साबुन पानीको उपयोग पटक पटक गर्ने र हैण्ड सेनिटाइजरलाई आफ्नो हातमा लगाउने । पशुपालकहरु आफू स्वयम तथा स्टाफहरुलाई पशुचिकित्सालयको भित्ता एवंम अन्य बस्तुहरु छुन निषेध गर्ने ।
  • पशुपालकहरुलाई कुरा गर्दा २ मिटर टाढा अनिवार्य राख्ने यदि कुनै कारणबश पशुपालकहरुसंग कुर्सीमा बसेर कुराकानी भयो भने ती कुर्सीलाई  पशुपालक किसान जाने बितिकै जिवाणुरहित निसंक्रमण अनिवार्य रुपमा गर्ने ।
  • पशुचिकित्सालयमा आएका पशुहरु छुनुभन्दा पहिले र पछि सावुन पानीले हातहरु अनिवार्य धुने तथा हातहरुमा सेनिटाइजर अवश्य लगाउने । लकडाउनका कारण किसानहरुलाई आर्थिक मन्दी जस्तो परिस्थितीको सामना गर्नु पर्ने हुन्छ । त्यसैले यस्तो बेलामा तीनको पशुहरुको उपचारमा पनि आर्थिक समस्यालाई पनि अवश्य ध्यानमा राख्नु पर्ने ह्न्छ । यदि पशुपंक्षी उपचारको लागि कृषकको घर दैलोमा जानै परे उचित सावधानी अपनाउने कोशिश अनिवार्य रुपमा गर्ने र अनावश्यक अरु मानिसहरुसंग भेटघाट नगर्ने ।
  • पशु चिकित्सालयको काम सकि घर पुग्नुभन्दा पहिले घरमा फोन गरेर घर आइपुगेको सुचना दिने र घरमा प्रवेश गर्नुभन्दा पहिले आफ्नो सामान इत्यादिलाई बाहिर राखेर जिवाणु रहित गर्ने र नुहाउनलाई बाथरुममा जानेबेला घरको ढोका चुकुल इत्यादि सामान नछुने तथा नुहाउनु भन्दा पहिले सावुन पानीले आफनो हातहरुलाई कम से कम २० सेकेण्ड सम्म अनिवार्य धुने र नुहाउनुभन्दा पहिले आफ्ना लुगाहरु एउटा बाल्टीनमा डिटरजेन्ट युक्त पानीमा राख्ने,नुहाइ सकेपछि फेरि आफ्नो हातमा हैण्ड सेनेटाइजर लगाउने र केही समयपछि मात्र परिवारका सदस्यसंग भेटघाट गर्ने । रोगको संभावना भएको परिस्थितिमा आफ्नो परिक्षण अवश्य गराउने ।

अन्तमा यति मात्र भन्न सकिन्छ, यस बिश्वब्यापी कोभिड-१९ को महामारीको युद्ध जित्नका लागि आफु पनि बच्नुस् अनि  अरुलाई पनि बचाउनुस् । नडराउनु कोरोनाको वारदेखि , समझनुस् कोरोनाको वारलाई फेस माक्स र सावुन पानीले निष्कृय गरौँ कोरोनाको प्रहारलाई ।
जय पशुधन :

(लेखक कार्की सेवानिवृत वरिष्ठ पशु चिकित्सक हुन्)

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको