रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट, कुन वडालाई कति ?

रामेछाप – रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६३ करोड १९ लाखको बजेट ल्याएको छ । बिहिबार
रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरको अध्यक्षमा बसेको सभामा नगर उप्रमुख सृजना खड्काले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी हुन् ।

खड्काले चालु तर्फ नगरकार्यपालिका कार्यालय तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएको बताइन ।

आगामी आर्थिक बर्षको लागि चालु तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी बजेट प्रस्तुत गरेकी छिन् ।

आगामी आर्थिक वर्षका लागि कुन शिर्षकमा कति बजेट ? 

स्वास्थ्य

स्वास्थ्य सेवा तर्फ ७१ लाख ५० हजार कोरोना भाईरस न्यूनिकरणमा खटिने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता, आखा उपचार सेवा विस्तार, निशुल्क औषधि वितरण, महिला स्वास्थ्य स्वयमसेवीका प्रोत्साहन, गर्भवती महिलाहरुको लागि प्रोत्साहन लगायत कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।

कृषि विकास

कृषि विकास तर्फ ७० लाख एक वडा एक उत्पादन कार्यक्रम, उत्कृष्ट कृषक पहिचान र पुरस्कार, जुनार औषा किरा नियन्त्रण, किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरणका कार्यक्रम रहेको छ भने विषादि तथा मलखाद ढुवानी अनुदानको व्यवस्था सम्बन्धित वडा कार्यालयको कार्यक्रममा समावेश गरिएको छ ।

 पशु विकास

पशु विकास तर्फ ५७ लाख ५० हजार मध्ये एक घर एक पशु बिमा कार्यक्रम बाकी वडाहरुमा निरन्तरता, सुत्केरी गाई भैंसि पोषण तथा स्याहार, बजार व्यवस्थापन तथा प्रवद्र्धन साझेदारी कार्यक्रम लगायत महामारी रोग नियन्त्रणलाई प्राथमिकतामा राखीएकोछ ।

शिक्षा

शिक्षा तर्फ १ करोड ७२ लाख २५ हजार मध्ये विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ता पारिश्रीमक अनुदान, बालकक्षा तर्फका कर्मचारी पारिश्रमिक अनुदान नगर स्वयम शिक्षक सहयोग कार्यक्रम, विद्यालयको क्षमता विकास र सुदृढिकरण कार्यक्रम, राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता कार्यक्रमलाई प्राथमिकतामा राखिएकोछ ।

नगरबासीहरुको सूचनाको हक

नगरबासीहरुको सूचनाको हकलाई सुनिश्चित गर्न तथा नगरपालिकाको काम कारबाहीलाई पारदर्शि र जवाफदेहि बनाउनका लागि स्थानिय संचार माध्यामहरुलाई प्रवर्धन र परिचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएकोछ ।

वडा स्तरीय कार्यक्रम तर्फ कुन वडालाई कति रकम ?

चालु तर्फ प्रत्येक वडा लाई ९ लाख ९५ हजारको दरले ९ वटा वडालाई ८९ लाख ५५ हजार विनियोजन गरिएको छ । सबै वडाले नगर स्तरीय १–१ वटा अनिवार्य छनौट गरि कार्यान्वयन गर्न १७ लाखका दरले ९ वटा वडालाई १ करोड ५३ लाख विनियोजन गरिएको छ ।

पुँजिगत तर्फ वडा नं. १ लाई ५७ लाख ६५ हजार ८ सय ११ रुपैंया १० पैसा, वडा नं. २ लाई ६२ लाख ५ हजार ३ सय १६ रुपैंया ९१ पैसा, वडा नं. ३ लाई ५४ लाख ९६ हजार ८ सय ९ रुपैंया ७१ पैसा, वडा नं. ४ लाई ७१ लाख ६३ हजार २ सय ७४ रुपैंया ७६ पैसा, वडा नं. ५ लाई ७२ लाख ४९ हजार ३ सय २८ रुपैंया ३८ पैसा, वडा नं. ६ लाई ६५ लाख ७६ हजार ६ सय ९९ रुपैया २७ पैसा, वडा नं. ७ लाई ७१ लाख १२ हजार ४ सय ४२ रुपैया ९४ पैसा, वडा नंं. ८ लाई ६४ लाख ८८ हजार ६ सय रुपैया ३ पैसा र वडा नं. ९ लाई ५७ लाख ७७ हजार ३ सय ८२ रुपैंया ४२ पैसा गरि पुँजिगतमा जम्मा ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैया ५२ पैसा र चालु, नगरस्तरीय १ योजना र पुँजिगत समेत वडा तर्फ कुल जम्मा ८ करोड २० लाख ९० हजार ६ सय ६५ रुपैया ५२ पैसा विनियोजन गरिएको छ ।

नगर स्तरीय कार्यक्रम तर्फ 

गत विगत वर्ष देखि संचालनमा रहेका क्रमागत योजनाहरु नगर गौरवको योजना पुष्पलालपार्क चाम्बोट च्यास्कु कोलोञ्जोरघाट सडक स्तरोन्नती २० लाख, भालुखोप भ्यू टावर १ करोड, सेफ हाउस निर्माण २५ लाख, ६ नं. वडा कार्यालय भवन निर्माण २० लाख, कालिकुवा भालुखोप सडक कालोपत्रे ३० लाख, हिलेपानी भालुखोप कुशवसेरी सडक स्तरोन्नती २० लाख विनियोजन गरिएको छ ।

वडा कार्यलय नभएको वडा नं. ३ को लागि ४५ लाख र वडा कार्यालयमा थप निर्माण गर्नु पर्ने वडा नं. ७ र ९ का लागि ५० लाख र वडा कार्यालय निर्माण डोलिडार सँगको साझेदारीमा वडा नं. १ र ८ को भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।

सिपमुलक महिला, युवा, दलित, अपांग, आदिवासी जनजातीहरुमा कार्यक्रम संचालनकालागि १० लाख, सेफ हाउस तथा सिप विकास केन्द्र संचालनकालागि ५ लाख, देउराली गोठगाउ सडक स्तरोन्नतीकालागि २० लाख, केवलेश्वर डिप बोरिङ्ग खानेपानी योजना १० लाख, गिजन्टार सिंचाई योजना १० लाख, चिलाउने तिलबारी जोड्ने सडक का लागि १० लाख तथा सुकाजोर खोला वारी कलात्मक प्रवेश गेट निर्माणकालागि १२ लाख विनियोजन गरिएको छ ।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको