द्वन्द पिडित कमलाको संघर्ष

नेपाली समाजले छाेरीलाई पढाउन हुन्न, छाेरीलाई पढाए बिग्रिन्छन्, इज्जतमा दाग लाग्छ, छाेरीले घर छाडेर हिड्न हुँदैन, समाजले के भन्छ, छाेरीलाई पढ्न पठायाे भने घरकाे काम कस्ले गर्छ, छाेरीकाे पढाइमा खर्च गरेर के काम बरु बेलैमा राम्राे कुल घरानकाे केटा खाेजेर विहे गरिदिनुपर्छ। अर्काकाे घरमा जाने जात हाे छाेरी । पढेर के काम ? यस्तै यस्तै भन्ने गरिन्थ्याे हाम्राे समाजमा । त्याे बेला छाेरीलाई विद्यालय पठाउने कुरा निकै ठुलाे कुरा हुन्थ्याे । छाेरी पढाउने कुरा समाज विरुद्ध कदम चालेकाे बुझिन्थ्याे । यस्ताे रुढीवादी परम्परा अनि साेचले जगडिएकाे थियाे हाम्राे समाज ।

यस्ताे संकुचित साेचले भरिपूर्ण समाजमा जन्मेकी कमला बस्नेतले पनि विद्यालय जाने र अक्षर चिन्ने अवसर पाउन सकिनन् । रामेछाप जिल्लाकाे साविककाे सुनारपानी गाविसमा २०३९ सालमा आमा मनमाया कार्की र बुबा चेत बहादुर कार्कीकी काइली सन्तानकाे रुपमा उनको जन्म भएको थियो । कमलाकाे ३ जना दिदी, १ जना बहिनी ,१ जना दाजु र १ जना भाइ छन् । उनका बाआमाकाे ७ सन्तानमा दाजुभाइले पढ्ने अवसर पाए पनि कमला र उनका दिदीबहिनिहरुले भने पढ्ने अवसर पाउन सकेनन् ।

विद्यालय जान र अक्षर चिन्ने माैका नपाएकी कमला सानै उमेरदेखि कामप्रति भने लगनशील र ईमान्दार थिइन् । सामान्य परिवारमा पलेबढेकी कमलाकाे यत्तिकैमा २०५७ साल बैशाखमा साविककाे देउराली गाविसका दुर्गा बहादुर बस्नेत (प्रकाश) संग मागीविवाह भयाे । सामान्य परिवारमा विहे गरेकी कमलाकाे विहेपछिकाे दिनचर्या पनि सामान्य हिसावले नै चलिरहेकाे थियाे । १८ बर्षकाे उमेरमा विहे भएकी कमलाकाेे विहेकाे २ बर्ष वित्न नपाउदै द्वन्दकालको समयमा सरकारपक्षबाट श्रीमान् मारिए र  २०५९ साल कात्तिक ७ गते बिहिबारका दिन विधुवा बन्न पुगिन्  ।

कमलाकाे श्रीमान् लाई माओवादीमा हिँडेकाे आरोपमा सरकार पक्षले मारेका थिए। कमलाले त्याे समयलाई संझिदै भनिन्, “रातिकाे समय थियाे, हामी सँगै सुतिरहेका थियौं। रातिकाे लगभग ३ बजेकाे हुँदो हाे, त्यतिनै बेला आर्मीका मान्छेहरु आएर ढाेका ढक्ढकाए, प्रकाशलाई बाेलाए अनि तपाईसंग काम छ भन्दै त्यति नै बेला लिएर गए ।” यसरी काम छ भन्दै जबर्जस्ती लगेका श्रीमान् को पछि मृत्युको खबर आयाे। “यस्ताे हाेला भन्ने मैले कल्पना पनि गरेकाे थिँइन।” यसरी आफ्नाे श्रीमान् गुमाउँदाको पीडा कमलाले भक्कानिदै सुनाइन् ।

उनले याे घटनालाई सम्झिदै आँखामा टिलपिल आँशु पार्दै भनिन्, “त्यसपछि मेराे जीवन रित्ताे भयाे, साहाराविहिन भएँ । जीवन सकिएछ जस्ताे लाग्याे र अब म पनि बाँच्दिन जस्ताे लाग्न थाल्याे तर, के गर्नु फेरि छाेरी भर्खर जन्मेकी थिइन् । त्यतिबेला छाेरी त्यस्तै ७-८ महिनाकी मात्र थिइन् । छाेरीकाे मुख हेरेर चित्त बुझाउँदै छाेरीकाे भविष्यका लागि पनि बाच्नुपर्छ जस्ताे लागेर मन सम्हाल्न थाले ।”

श्रीमान् गुमाएपछि उनी एक्लाे महसुस गर्न थालिन् र बिस्तारै घरपरिवारबाट पनि नराम्रो व्यवहार पाउन सुरु हुन थाल्यो।  “आफु पढेलेखेकी थिँइन । बाच्ने साहारा पनि काेही छैन । छाेरी सानै छे, बिस्तारै छाेरीलाई पढाउनु पर्ने जिम्मेवारी थपिदै थियाे । घर परिवार र आफन्तहरुबाट पनि सहयाेग गर्ने काेही भएनन् । त्यसपछि म माइतीकाे शरणमा आएँ । माइतमा आमाबुबाले राम्रै गर्नुहुन्थ्यो । आमाले मेराे धेरै नै चिन्ता लिने गर्नुहुथ्याे । अब छाेरीले दु:ख पाई । के गरेर खाली, कसरी जीवन चलाउली भनेर असाध्यै चिन्ता लिने गर्नुहुन्थ्याे । यता छाेरी हुर्कदै थिइ , उसलाई कसरी पढाउने भन्ने चिन्ताले पिराेल्न थालिसकेकाे थियाे । आफुले पढ्न नपाएकाे पिडाले असाध्यै पिराेल्थ्याे त्यसैले पनि छाेरीलाई जसरी पनि पढाउछु भन्ने साेचिरहन्थें ।”

अब कमलाकाे एउटै सपना थियाे, छाेरी पढाउने। त्यसैले छाेरी कहाँ पढाउने, के गरेर पढाउने, आफ्नो कमाइ थिएन , आफुले नपढेकै कारण कमाउन नसकेकाे र दु:ख पाउनु परेकाले पनि छाेरी जसरी पनि पढाउछु भन्ने लाग्थ्यो । यही कुराले उनको मन पिराेलिन्थ्याे । यतिकैमा दिन बित्दै जाँदा उनका जेठाजुले उनका लागि तत्कालिन महिला तथा बालबालिका कार्यलयमा कामकाे कुरा गरिदिए । द्वन्द पिडितकाे नाताले पनि उनलाई काम पाउन सजिलाे भयाे । २०६४ सालकाे कुरा हाे, देशमा वृहत् शान्ति सम्झाैता भैसकेको थियाे । द्वन्द्व पिडितहरुका लागि उचित राहत, शिक्षा, स्वास्थ्य र राेजगार लगाएकाे व्यवस्था गर्ने कुरा चलिरहेको थियो। त्यसै अन्तर्गत उनले २०६४ सालमा महिला तथा बालबालिका कार्यालय रामेछापमा कार्यालय सहयोगीकाे रुपमा काम गर्ने अवसर पाए ।

“यसरी द्वन्द्व पिडितकाे नाममा काम त पाएँ तर म लेखेपढ गर्न नजान्ने  मान्छे कार्यलयमा के काम गर्ने, कसरी बाेल्ने मलाई केही थाहा थिएन । काम त सुरु गरेँ तर पढाइ नभएकाे मान्छेलाई धेरै गाह्रो हुँदाे रहेछ।” यता काम पाए पनि उता जसरी पनि छाेरी पढाउने उनको चिन्ता भने घटेकाे थिएन । त्यसै सिलसिलामा छाेरी पढाउनका लागि पनि महिला विकास कार्यालय र आफन्नतहरुले धेरैतिर बुझिदिए । छाेरीकाे शिक्षाका लागि मामा ससुराकाे महत्वपूर्ण भुमिका रहेकाे छ । द्वन्द पिडितकाे बालबालिका नि:शुल्क पढाउने एउटा विदेशी संस्था भेटियाे । छाेरी पढाउन पाउने कुराले उनको मन अत्यन्त हर्षित भयाे । नि:शुल्क पढाउने साेहि संस्थामा छाेरी पढाउन पठाउने निधाे भयो ।

उक्त संस्थाले छाेरी पढाइदिनका लागि छाेरीलाई काठमाडौँ लैजाने व्यवस्था मिलाउन आग्रह गरे । आमाछाेरी नै जान पनि सकिने र छाेरीलाई मात्र पठाउन पनि सकिने दुबै अवसर दिए । ” त्यसबेला मैले संस्थाकै जिम्मामा छाेरीलाई मात्र पठाउने कठाेर निर्णय लिएँ । म नपढेकी मान्छे, आमाछाेरीसँगै बस्दा छाेरीले हाेमवर्क सिकाइदिनु भन्लि अनि त्याे बेला मैले हाेमवर्क सिकाउन सक्दिन होला भनेर छाेरीलाई मात्र पठाएँ । यसरी काखकाे छाेरी पढाउनका लागि संस्थाकाे जिम्मामा छाेरीकाे सुन्दर अनि उज्ज्वल भविष्यकाे कामना गर्दै छाती छिँयाछिया पार्दै बिदाईकाे हात हल्लाएँ।” उनले त्याे पल सम्झिदै आँखामा  टिल्पिलाएका आँशु पुछ्दै भनिन् , “अहिले म खुसी छु, मैले पढ्न नपाए पनि छाेरीले पढ्ने राम्राे माैका पाइन् ।”

अहिले राम्रै कलेजमा स्नातक गर्दै छिन् कमलाकी छोरी । तर के गर्नु त्याे बेला आफूले पढ्न नपाएको पिडाले छाेरी पढाउने आशमा सानैमा एक्लै राखिन्छाे। “छोरीलाई लेख्न पढ्न सिकाउन जान्दिन भनेर आफुबाट टाढा राखें तर अहिले छाेरी ठुली भईन् , मसँग बस्न मान्दिनन्।”  यसाे भन्दै कमला फेरि एकछिन भक्कानिदै भनिन्, “सन्तानलाई बाआमाकाे मायाबाट टाढा बनाउन नहुने रहेछ, अहिले म पछुताएकी छु।” यति भन्दै कमलाले निकै लामाे सुस्केरा फेरिन् र भनिन्; “नपढेपछि धेरै दु:ख पाइँदाे रहेछ । मैले नपढ्दा पाएकाे दु:ख सम्झेर नै छाेरीकाे सुखका लागि दु:ख सहेर छाेरी पढाइ रहेकी छु ।”

कमला अहिले रामेछापकाे मन्थली नगरपालिकामा कार्यालय सहयाेगीकाे रुपमा कार्यरत छिन् । उनी २०७४ सालदेखि कार्यालय सहयाेगिकाे भुमिकामा रहेर काम गरिरहेकी हुन् । तत्कालीन महिला तथा बालबालिकाकाे कार्यालय खारेज भएसँगै महिला विकास कार्यालयकाे काम स्थानिय निकायलाई अधिकार प्रत्यायोजन भएपछि उनी नगरपालिकाकाे कर्मचारीकाे रुपमा कार्यरत भएकी हुन् । उमेरले ४० पुगेकी कमला अहिले बाथराेगकाे समस्याले पिडित छिन् । मन्थली बजारमा २ वटा काेठा डेरामा लिएर बसेकी कमलाकाे कमाई भनेकाे त्यहि तलब मात्र हाे । उनकाे कमाइले हाल आफ्नाे उपचार , घरभाडा र लाउन खान मात्र ठिक्क हुन्छ । यता श्रीमान्काे अंशकाे जग्गाजमिन परिवारले आमाछाेरीकाे नाममा संयुक्त गरिदिएका छन् ।

श्रीमान् गुमाएपछि बेसाहारा भएकी कमलाकाे अहिलेको दिनचर्या भने सामान्य हिसाबले चलिरहेको छ। कमला नगरपालिकाकाे जागिर गर्छिन र त्यहिबाट अफ्नाे गुजारा चलाइरहेकी छिन् । उनकाे एक मात्र सन्तान छाेरी छिन् । छाेरी पनि अहिले स्नातक गरिरहेकी छिन् । कमलाकाे गाउँमा अंशमा आएकाे खेतबारी आफन्तले कमाइ राखेका छन् । उनले गाउँमा २ काेठे घर बनाएकी छिन् र छाेरीकाे पढाइ सकिएपछि छाेरीले राम्रै जागिर गर्छिन् र छाेरीकाे भविष्य उज्ज्वल हुनेमा उनी विश्वस्त छिन् । आफुले पढ्न नपाएर धेरै किसिमकाे दु:ख खेपेकाे भएपनि अहिले कमलामा गरिखान सक्ने आँट छ । अझै पनि पढाइ नभएकै कारण स्थाइ जागिर खान नसकेकाे कुरामा भने उनी दुखी छिन् ।

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको