राष्ट्रपति शी अपराह्न ४:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुने

काठमाडौं– भारतको चेन्नाइबाट नेपालका लागि उडेका चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार अपराह्न ४:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने भएका छन् ।

विमानस्थलमा राष्ट्रपति शीलाई नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।

५:२० सम्ममा सलामी सकेर राष्ट्रपति शी सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् । छोटो बसाइपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टाको भेटपछि शी पुन: सोल्टी होटल फर्किने छन् । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । उनीहरू दुवैले ७ सात मिनेट समय पाएका छन् ।

त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनेछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् ।

रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ । रात्रिभोज राति ९ बजेसम्म चल्नेछ ।

राष्ट्रपति शीले भोलि बिहान नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता हुनेछ । दुवै भेट २० मिनेटको हुने परराष्ट्र स्रोतले बतायो ।

प्रधामनन्त्रीसँगको भेटपछि नेकपा सचिवालयका सदस्यहरूसँग राष्ट्रपति शीको भेटवार्ता हुनेछ । भेटपछि राष्ट्रपति शीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारबीच केही सहमतिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीको समय अभावका कारण सम्झौता पत्रमा पहिल्यै हस्ताक्षर भइसकेको हुनेछ । सम्झौतापत्र हस्तान्तरण कार्यक्रम सकिएपछि दिवाभोज गरेर राष्ट्रपति शी दिउँसो १२:५० मा स्वदेश फर्किने कार्यक्रम छ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको