सामसुङको एस ९ र एस ९ प्लस मोबाइल लन्च, केके छन् विशेषता ?

काठमाडौं । स्मार्ट फोनको दुनियाँमा एकछत्र साम्राज्य कायम राखेको सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ मोबाइल फोन लन्च गरेको छ । दुबै फोन मार्च महिनाबाट बजारमा उपलब्ध हुनेछन् ।

यसको प्रिबुकिङ सुरु भइसकेको छ । सामसङ ग्यालेक्सी एस ९ प्लसलाई आइफोन टेनसँग पनि तुलना गर्ने गरिएको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । ‘सामसुङ ग्यालेक्सी एस ९’ र ‘एस ९ प्लस’ मोबाइल वर्ल्ड कंग्रेस २०१८ को इभेन्टमा लन्च गरिएको छ ।

यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, खैरो, निलो, पर्पल रंगमा उपलब्ध छन् । यी फोनहरु डस्ट फ्री छन् ।

‘एस ९’ र ‘एस ९ प्लस’मा के छ अन्तर ?

‘सामसुङ ग्यालेक्सी एस ९’ र ‘एस ९ प्लस’मा केही अन्तरहरु छन् । सबैभन्दा पहिले डिस्प्लेबारे जानकारी लिऔं ।

डिस्प्ले

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन छ । फोनको एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५३१ छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६.२ इन्चको क्वाड एचडी प्लस कर्व्ड सुपर एमोलेड स्क्रिन छ । यसको पनि एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५६८ छ ।

र्‍याम

सामसुङ ग्यालेक्सी एस ९ फोनमा चार जीबीको र्‍याम राखिएको छ । फोन १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर राखिएको छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६ जीबीको र्‍याम राखिएको छ । फोनमा १० एनएम प्रोससरको प्रयोगबाट अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोसेसर राखिएको छ ।

व्याट्री

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको व्याट्री सामसुङ ग्यालेक्सी एस ९ को व्याट्रीभन्दा बलियो र टिकाउ छ । किनकी यसमा ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ । यसमा पनि वायरलेस चार्जिङको सुविधा छ ।

मूल्य

सामसुङ ग्यालेक्सी एस ९ फोनको सबैभन्दा कम मूल्य ७२० डलर छ । यसको नेपाली रुपैयाँ ७४ हजार ६५४ रुपैयाँ हुन आउँछ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको सबैभन्दा कम मूल्य ८४० डलर छ । यसको नेपाली रुपैयाँ ८७ हजार ९६ रुपैयाँ हुन्छ ।

 

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको