सामसुङको एस ९ र एस ९ प्लस मोबाइल लन्च, केके छन् विशेषता ?

काठमाडौं । स्मार्ट फोनको दुनियाँमा एकछत्र साम्राज्य कायम राखेको सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ मोबाइल फोन लन्च गरेको छ । दुबै फोन मार्च महिनाबाट बजारमा उपलब्ध हुनेछन् ।

यसको प्रिबुकिङ सुरु भइसकेको छ । सामसङ ग्यालेक्सी एस ९ प्लसलाई आइफोन टेनसँग पनि तुलना गर्ने गरिएको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । ‘सामसुङ ग्यालेक्सी एस ९’ र ‘एस ९ प्लस’ मोबाइल वर्ल्ड कंग्रेस २०१८ को इभेन्टमा लन्च गरिएको छ ।

यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, खैरो, निलो, पर्पल रंगमा उपलब्ध छन् । यी फोनहरु डस्ट फ्री छन् ।

‘एस ९’ र ‘एस ९ प्लस’मा के छ अन्तर ?

‘सामसुङ ग्यालेक्सी एस ९’ र ‘एस ९ प्लस’मा केही अन्तरहरु छन् । सबैभन्दा पहिले डिस्प्लेबारे जानकारी लिऔं ।

डिस्प्ले

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन छ । फोनको एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५३१ छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६.२ इन्चको क्वाड एचडी प्लस कर्व्ड सुपर एमोलेड स्क्रिन छ । यसको पनि एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५६८ छ ।

र्‍याम

सामसुङ ग्यालेक्सी एस ९ फोनमा चार जीबीको र्‍याम राखिएको छ । फोन १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर राखिएको छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६ जीबीको र्‍याम राखिएको छ । फोनमा १० एनएम प्रोससरको प्रयोगबाट अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोसेसर राखिएको छ ।

व्याट्री

सामसुङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको व्याट्री सामसुङ ग्यालेक्सी एस ९ को व्याट्रीभन्दा बलियो र टिकाउ छ । किनकी यसमा ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ । यसमा पनि वायरलेस चार्जिङको सुविधा छ ।

मूल्य

सामसुङ ग्यालेक्सी एस ९ फोनको सबैभन्दा कम मूल्य ७२० डलर छ । यसको नेपाली रुपैयाँ ७४ हजार ६५४ रुपैयाँ हुन आउँछ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लसको सबैभन्दा कम मूल्य ८४० डलर छ । यसको नेपाली रुपैयाँ ८७ हजार ९६ रुपैयाँ हुन्छ ।

 

सिफारिस

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको...

भर्खरै

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद...

यस्तो देखियो माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।...

काठमाडौँको बागमती किनारमा देखिए दुर्लभ चरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौँको थापाथलीस्थित बागमती नदी पुल नजिक दुर्लभ...

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु : पहिलो दिन तीन खेलमा क-कसले जित निकाले ?

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता...

धेरै पढिएको