काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी ४१ जनाको नाम वाचन गरे ।
जनजाति पुरुष (११)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा
जनजाति युवा (४)
इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल
जनजाति महिला (२२)
अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल ।
जनजाति युवा महिला (४)
विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ ।
त्यस्तै माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए ।
प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ। माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ। माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो ।
