लकडाउनको झल्को दिनेगरी जिल्ला प्रशासनले जारी गर्‍यो यस्तो आदेश, के-के गर्न पाइदैन ?

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न आदेश जारी गरेको छ । जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यलय चितवनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न भनेको हो ।

चितवनमा २५ जनाभन्दा बढी भेला हुन नदिने गरी आदेश जारी भएको उल्लेख गर्दै महोत्सवहरु पूर्ण रुपमा बन्द गर्न दुईदिनको समय दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

माघ ७ देखि सार्वजनिक स्थलमा जादा र सार्वजनिक सेवा लिदा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला जादा कार्ड वा मोबाइलमा राखिएको कार्डको फोटो देखाउनुपर्ने छ ।

विश्वविद्यालय, क्याम्पस लगायतका सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरेर जेड आकारमा बसाइ व्यवस्थापन गरि सञ्चालन गर्न सकिने उल्लेख छ ।

परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य र भौतिक दुरीको प्रावधान कडाइका साथ पालना गर्न भनिएको छ । जिल्लाका सरकारी कार्यालय, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थामा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।

सार्वजनिक तथा निजी सवारीमा सिट क्षमता बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र हरेक दिन सवारी निसंक्रमण गरेर चलाउन सकिने उल्लेख छ ।

स्थानीय तह तथा जिल्लाका अस्पतालहरुमा आइसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग, भौतिक दुरी लगायतका स्वास्थ मापदण्ड पालना गराउन जनचेतना फैलाउने तथा उपचारलाई प्रभावकारी बनाउन अपिल गरेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको