महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस् : मन्त्री शशि श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने बताएकी छन्।शुक्रबार साझा प्रकाशनको २५ औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले यस्तो तर्क गरेकी हुन्।

‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने कल्पना गरिएको छैन। पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी मात्रै भनिएको छ। महिला मन्त्रीको पतिलाई के भन्ने? त्यो छैन। त्यसैले अबदेखि महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनेर शब्दकोशमा राखियोस्।’

नेपाली वाङ्मयबम साधकहरूले पुरुषप्रधान मानसिकताबाट मात्रै सोच्दा महिला मन्त्रीको कल्पना नगरिएको उनको भनाई थियो। कोशका प्राध्यापक नीलमणि ढुङ्गानाद्वारा शव्दकोश लेखेका हन्।

कोशका प्रा. नीलमणि ढुङ्गानाद्वारा तयार पारिएको हो । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ शताब्दी पुरुष सत्यमोहन जोशीसमेत उपस्थित समारोहमा मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पनामात्र गर्न नहुनेसमेत उनले बताइन् । उक्त शब्दकोशबारे चर्चा गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कोशमा सिंगो नेपाली समाज, वैदिक परम्परा, वर्तमान परिवेशलाई समेटको बताए । इतिहासविद् प्रा. दिनेशराज पन्तले संस्कृत वाङ्मय र नेपाली वाङ्मयको भेदलाई शब्दकोशले प्रष्ट पारेको बताए ।

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समयदेखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् ।

त्यसैगरी ‘साझा बालसाहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

दुवै पुरस्कारको राशि जनही १५–१५ हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार रुपैयाँ राशिको ‘गरिमा सम्मान’ बद्री भिखारी, अभय श्रेष्ठ, उषा शेरचन र प्रा. राजेन्द्र सुवेदी (मरणोपरान्त)लाई प्रदान गरिएको छ । सम्मानितमध्ये कवि अभय श्रेष्ठले ‘साझा प्रकाशन धरासाही भएकाले पुनःजीवन पाउनु पर्छ’ भन्दै पुरस्कार राशि साझाका अध्यक्ष डा. विजय सुब्बालाई फिर्ता गरे ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको