संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्र माग गर्दै आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं – नेपालका लागि नेपाली दलले निर्वाचन प्रणालीमा आमुल परिमार्जन, नागरिकतन्त्रसहितको राजसंस्था, धर्मनिरपेक्षता र संघीयताको खारेजी, र नागरिक सरकारको स्थापनासहितका विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दलले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट सुरु हुनेगरि ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको हो ।

पार्टीले देशभरि नै आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनको संयोजनको जिम्मेवारी डा. भण्डारीले गर्ने जानकारी दिइएको छ । यस्तै, प्रदेश १ मा श्रीनिवाश आर्चाय गुरु, मधेश प्रदेशमा सन्तोष पटेल, बागमती प्रदेशमा इ.राम बाले, गण्डकी प्रदेशमा दिपक आत्रेय गुरु, लुम्बिनी प्रदेशमा गोपाल शर्मा, कर्णाली प्रदेशमा हेमविक्रम थापा र सुदुरपश्चिम प्रदेशमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

साथै, आन्दोलनको संयोजन गर्न भारतका लागि रामप्रसाद शर्मा तथा कलाकारिता क्षेत्रमा बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्तलाई संयोजकको जिम्मेवारी दिइएको छ भने सहसंयोजकको रुपमा राजाराम पौडेल रहने बताईएको छ । त्यस्तै, युवा संयोजकको रुपमा योगेन्द्र श्रेष्ठ र आन्दोलनको सचिवमा डा.किरण कुमार कटुवाललाई जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालको इतिहास हेर्दा हरेक दश वर्षको अन्तरालमा ठूलो परिवर्तन भएको स्मरण गराउदै अर्को परिवर्तको लागि ‘परिवर्तनका लागि नागरिक आन्दोलन’को आवश्यकत्ता रहेको औंल्याए ।

नेपालमा दिनप्रतिदिन नागरिकको जीवनस्तर घट्दै गएको तर, भ्रष्टाचार भने दैनिक रुपमा बढिरहेका भन्दै उनले यो रोगलाई निर्मूल पार्न औषधी खुवाएर सम्भव नरहेको हुँदा शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएको सुनाए । ‘जनतालाई सुख भएको भए हामीले आन्दोलनको दुःख गर्नुपर्ने थिएन् । आन्दोलनबाहेकको विकल्प नरहेको अवस्था देखिएपछि हामीले फागुन १७ गते शिवरात्रीको दिनदेखि आन्दोलनको घोषणा गरेका छौं’–उनले भने ।

उनले पछिल्लो समय नेपालमा भएका राजनीतिक सम्मेलनहरुमा कुनैपनि विदेशी राजदुत उपस्थित् नहुनु र विदेशी नेताहरुको भ्रमण समेत नभएको कुराले विदेशीहरुले पनि नेपालका राजनीतिक दललाई समर्थन गर्न छाडेको दाबी गरेका थिए ।

यस्तै, उनले नेपालमा अहिले विद्यमान दलहरुले मुलुकको समस्याको समाधान गर्नसक्ने अवस्था नरहेको भन्दै यस्ता पार्टीहरुलाई दिएको समर्थन फिर्ता गर्न विदेशी राष्ट्रहरुलाई आग्रहसमेत गरे ।

उनले भने,‘अहिले भएका पार्टी र अहिलेको संरचनाले मुलुकको समस्याको समधान गर्दैन् । सबै कुरा परीवर्तन गर्नुपर्ने देखिन्छ । त्यसैले हामी यसमा सबै राष्ट्रहरुसँग कुरा गर्नेछौं र उहाँहरुलाई भन्नेछौं, हिजो यो व्यवस्थाको लागि समर्थन गर्नुभयो । तर, अब देश नै नरहने अवस्था रह्यो । त्यसैले अब समर्थन फिर्ता लिनुहोस भन्ने छौं’ ।

साथै, उनले आफुहरुलाई पनि जुन जोगी आएपनि कानै चिरेका भन्ने आरोप लागेको भन्दै आफुहरु कान चिरेका जोगी नभएको स्पष्ट पारेका थिए । नेपाली काँग्रेस अहिले बामपन्थी काँग्रेस भएको आरोप लगाउदै अब आफुहरु बिपीको सिद्धान्तमा अडिक रहने उनको भनाई थियो । उनले यो देशका लागि अन्तिम विकल्पको रुपमा आन्दोलन घोषणा गरेको प्रष्ट पार्दै सबैलाई आफ्नो ठाउँबाट साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए । ‘खुत्रुके भर्नुहोस तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’–उनले भने ।

यस्तै, उनले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरे । पार्टीका सचिव समेत रहेका गुरु दिपक आत्रेयले भ्रष्टचारको अन्त्य अब आफूहरुले गर्ने आन्दोलनले मात्र गर्नसक्ने भन्दै ‘परिवर्तनका लागि नागरिक आन्दोलन’लाई सहयोग गर्न आग्रह गरे ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको