विद्यालयहरूलाई तत्काल यी माध्यमबाट पठनपाठन गराउन निर्देशन

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।

केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।

पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ।

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ।

सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

‘महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हुँदैन, तत्काल बन्द गरेर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ,’ उनले भने।

अहिले काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै गएको छ। उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन्।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिसकेको छ।

पछिल्ला केही दिनयता देशभरिमा दैनिक १२ हजारभन्दा बढी कारोना भाइरस सङ्क्रमण पुष्टि भइरहेका छन्।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको