गगन थापाले ओलीलाई ट्युसन पढाउँछु भनेपछि शेरबहादुर तामाङले दिए यस्तो जवाफ

एक दुई दिनयता सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताबीच घोचपेच चलिरहेको छ।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’को संज्ञा दिएपछि दुई पार्टीका नेताबीच भनाभन भइरहेको हो।

यसै क्रममा बुधबार कांग्रेसका महामन्त्री गगन थापाले ओलीलाई बालकोट गएर ‘ट्युसन पढाउँछु’ भनेपछि एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

‘एक जना बबुरो बर्बराउँछ र भन्छ– केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु। साँच्चै ट्युसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला’, तामाङले लेखेका छन्, ‘ज्यालाचाहिँ के दिने होला? लौ न बताइदिनुहोला, कमसेकम हामीलाई सजिलो हुनेछ।’

यता काँग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको पर्दाफास सुन्न नसकेको बताएका छन् । ओलीले काँग्रेसको चुनावी संकल्पलाई ओलीले बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेपछि गगनले पनि जवाफ फर्काएका हुन् । ‘सुरुमै हामीले के के गर्नुभयो भनेर खेर गएको ५ वर्ष भनेर लेखेका छौँ । ५ वर्ष खेर गएको ठाउँमा स्तुति गान गाउन त भएन’, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँले एकपछि अर्को झुटको पर्दाफास काँग्रेसले गरेको कुरा सहन सक्ने कुरा भएन । सनक्क सन्कनुभयो ।’

ओलीलाई रिस उठ्यो भन्दैमा काँग्रेसले कालोलाई सेतो र गलतलाई सही हो भनेर नभन्ने उनले बताए । उनले भने, ‘बुढा भा धेरै सनक्क सन्किँदा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्न सक्छ । आइराख्छ यो त काँग्रेसले झूटलाई झूट त भनिराख्ने भयो । त्यसकारण शरीरको ख्याल गरिराख्नुहोला ।’

उनले महाधिवेशनको बेलामा पनि ओलीले आफूलाई समुन्नत नेपालको चोरीको आरोप लगाएको उल्लेख गर्दै आफूले उनलाई बालकोट नै गएर ट्युसन पठाउन चाहेको बताए । उनले केपी ओलीलाई लजिक नभइ म्याजिकमा विश्वास रहेको बताए ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताए​ । उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

सिफारिस

फूलपातीदेखि टीकासम्म कस्तो रहला मौसम ? विभागले निकाल्यो यस्तो सूचना

बिहीबार (असोज २४ गते) दसैँको मुख्य दिन सुरु हुँदै छ। असोज २४ गते सप्तमी अर्थात् फूलपाती हो। यसपटक अष्टमी र नवमी भने एकैदिन असोज २५...

ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई...

दसैँमा घर जाने सेनाका सकल दर्जा तथा परिवारलाई यातायात सुविधा

नेपालीहरूको महान् चाड दसैँको अवसरमा घर बिदा जाने नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले यातायात सुविधा सञ्चालन गरेको छ। आश्विन १८...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

दसैँमा घर जाने सेनाका सकल दर्जा तथा परिवारलाई यातायात सुविधा

नेपालीहरूको महान् चाड दसैँको अवसरमा घर बिदा जाने नेपाली...

आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने निर्णय

काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दामा...

आज नवरात्रको छैटौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन...

धेरै पढिएको