मेयर बालेनले दिए भाइरल वडाध्यक्ष रिजालसहित यी १३ वडाध्यक्षलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेसन असार ५ गते हुने भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो । बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरेका थिए ।

यी प्रस्तावहरुमा छलफल गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहनेछन्  ।

यसमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धि संस्थाका प्रतिनिधि सदस्य रहनेछन् । बैठकमा प्रमुख शाहले पेश गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ । जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन्  ।

वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर रहेका छन् । यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक तोकिएका छन् ।

प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले, महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयहरुविच समन्वय बलियो बनाउँदै गएपछि अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने बताए । ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यसमा सबै सँगै हुनुपर्छ ।’ प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पूर्वतयारीसहित गरिएको बैठक उपलब्धीमुलक भएको उल्लेख गरे । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ थियो ।

बैठकमा विविधमाथि छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए ।

फोहोरमैला व्यवस्थापन गर्ने, व्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, विजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयहरु उन हरुका प्रमुख विषय थिए ।

कार्यपालिका सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको प्रमुख शाहले उत्तर दिएका थिए। ‘आउँदो ३ दिनभित्रमा ब्रुमर सञ्चालनमा आउनेछन् । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्नुहुनेछ । हामी विकास साझेदारहरुसँग हरेक महिनाको पहिलो सोमबार बैठक बस्दैछौँ । त्यसबाट विकासमा देखिएको असमन्वय कम हुँदै जानेछ ।’ उनको जवाफ थियो ।

बैठकमा ईश्वरमान डंगोल, विमलकुमार होडा, दिनेश महर्जन, चिनीकाजी महर्जन, मुकुन्द रिजाल, न्हुच्छेकाजी महर्जन, उदयचुडामणि बज्रचार्य, मीना सिंह, बालकृष्ण महर्जन, भुवन लामा, सुमन श्रेष्ठसहित सदस्यहरुले धारणा राखेका थिए । त्यसै गरी नविन मानन्धर, सरोज ढकाल, मीना सिंह, महेश नेपाली, अनिता कार्की ढलीले नगरबासीको वीमा, जेष्ठ नागरिकलाई विश्राम गर्ने ठाउँको व्यवस्था, निकायगत समन्वयबाट प्रभावकारी कार्यक्रम सञ्चालन, अरुले गल्ती गर्ने महानगरका जनप्रतिनिधिले गाली खानुपर्ने अवस्थाको अन्त्यलगायत विषय उठाएका थिए  ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको