मेयर हर्क साम्पाङको अभियानलाई इशा गुरुङको साथ, गरिन् ठूलो सहयोग

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका वास्तविक प्रतिनिधि हुन् । उनी जनतासँग हुन्छन् , जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् ।

नेपालको संविधानले स्थानीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र काम गर्ने तौरतरिका यस्तो होस् भन्ने मर्म बोलेको छ । वास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुदर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन्  सुन्दर बनाउन सामाजिक अभियन्ता इशा गुरुङले नगरपालिकाका लागि ठूला डस्टवीन सहयोग गरेकी छन् ।

बेलायतमा बस्दै आएकी इशा गुरुङले धरान उपमहानगरपालिकालाई एक लाख बराबरको डस्टवीन सहयोग गरेकी हुन् ।

उनले १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टवीन उपलब्ध गराएकी हुन्  । यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ ।

हर्क साम्पाङ जस्ता इमानदार र जनताप्रति जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्नेमा इशा गुरुङले जोड दिइन्  ।

लामो समयदेखि गुरुङ बेलायतमा बस्दै आएकी छिन् । देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आएकी गुरुङ सामाजिक संजालमा पनि चर्चामा रहने गर्छिन् ।

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरुलाई कपि कलमसमेत वितरण गरेकी थिइन् । गुरुङको समाजसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न । कास्की जिल्लामा जन्मिएकी गुरुङ आज समाजसेवीका रूपमा देश बिदेशमा चर्चित छन् ।

सिफारिस

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सोमबार लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

भर्खरै

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर...

अन्तर–एकेडेमी फुटसल कप २०२६ सम्पन्न, स्वस्तिश्रीको उत्कृष्ट प्रदर्शन

काठमाडौं - स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल...

धेरै पढिएको