मेयर हर्क साम्पाङको अभियानलाई इशा गुरुङको साथ, गरिन् ठूलो सहयोग

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका वास्तविक प्रतिनिधि हुन् । उनी जनतासँग हुन्छन् , जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् ।

नेपालको संविधानले स्थानीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र काम गर्ने तौरतरिका यस्तो होस् भन्ने मर्म बोलेको छ । वास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुदर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन्  सुन्दर बनाउन सामाजिक अभियन्ता इशा गुरुङले नगरपालिकाका लागि ठूला डस्टवीन सहयोग गरेकी छन् ।

बेलायतमा बस्दै आएकी इशा गुरुङले धरान उपमहानगरपालिकालाई एक लाख बराबरको डस्टवीन सहयोग गरेकी हुन् ।

उनले १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टवीन उपलब्ध गराएकी हुन्  । यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ ।

हर्क साम्पाङ जस्ता इमानदार र जनताप्रति जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्नेमा इशा गुरुङले जोड दिइन्  ।

लामो समयदेखि गुरुङ बेलायतमा बस्दै आएकी छिन् । देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आएकी गुरुङ सामाजिक संजालमा पनि चर्चामा रहने गर्छिन् ।

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरुलाई कपि कलमसमेत वितरण गरेकी थिइन् । गुरुङको समाजसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न । कास्की जिल्लामा जन्मिएकी गुरुङ आज समाजसेवीका रूपमा देश बिदेशमा चर्चित छन् ।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको