देउवा सहभागी कार्यक्रममा तनाव, लाग्यो देउवा मुर्दाबादको नारा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक हुलले नाराबाजी गरेको छ।

सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ।

उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्‍य स्थानसम्म पुर्‍याएका छन्।

अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।

यस्तै स्वतन्त्र नागरिक समाजले नागरिकता विद्येयकको विरोध गर्दै आज प्रदर्शन गरेको छ। सिर्जना वाग्ले र सन्तोष राजवादीको नेतृत्वमा लाजिम्पाटस्थित् भारतीय दूतावास आसपासको मुख्य सडकमा उनीहरुले पुत्लादहन गरेका थिए ।

संसद्बाट पारित भएको उक्त विद्येयक देशको हितमा नभएको भन्दै प्रदर्शनकारीहरुले आज राँको जुलुश र पुत्लादहन गरेका हुन् । सो क्रममा उनीहरुले भारतको विरोधमा नाराबाजीसमेत गरेका थिए । पुत्लादहनमा नागरिक समाजका एक दर्जन व्यक्तिहरु सहभागी थिए ।

यस्तै नागरिकता ऐन संसोधन विधेयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज र पोखरियामा प्रदर्शन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानसहितको प्रावधान विधेयकमा छ ।

यसले सदियौंदेखि सीमा क्षेत्रमा विद्यमान सामाजिक सांस्कृतिक सम्बन्धमा समस्या ल्याउने उनीहरुको ठहर छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुले गरेका छन् ।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको