दसैंमा घर जाँदै हुनुहुन्छ? कहाँ पुग्न कति लाग्छ जहाज र गाडीको भाडा ?

सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ।

छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसार पनि चाडपर्वको मुखमा हवाइ भाडादर दोब्बरले बढाउने गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारी र हवाइको भाडा पनि बढ्ने गरेको छ।

यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ। सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन्।

हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन्।

यसपालि दसैंमा हवाइमार्फत् यात्रा गर्दा र सार्वजनिक यातायातमार्फत् यात्रा गर्दा कति भाडा लाग्ला?

यो रिपोर्ट तयार पार्दा (मंगलबार) सम्म हवाइ भाडादरअनुसार काठमाडौं–धनगढी गन्तव्यका लागि सबैभन्दा बढी भाडा रहेको छ। यात्रु अकुपेन्सीकाे आधारमा एयरलाइन्सहरूको यस्तो भाडादर घटबढ भइरहन्छ।

एयरलाइन्सका अनुसार काठमाडौं–धनगढी भाडादर १३ हजार ५०१ रूपैयाँदेखि १७ हजार १८६ रूपैयाँ रहेको छ।

त्यस्तै, काठमाडौं–सुर्खेत ९ हजारदेखि १४ हजार १६८ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज ६ हजार सात सयदेखि १० हजार एक, काठमाडौं–विराटनगर पाँच हजार सातसय देखि ७ हजार दुई सय, काठमाडौं–भैरहवा पाँच हजार १२९ रूपैयाँदेखि ७ हजार २०१ रहेको छ।

त्यस्तै, काठमाडौं–भद्रपुर ६ हजार ३६० देखि नौ हजार आठ सय, काठमाडौं–जनकपुर चार हजार एकसय देखि ५ हजार ८८६ र काठमाडौं–पोखरा चार हजार चार सयदेखि चार हजार ६ हजार ७७८ रूपैयाँसम्म रहेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि यातायात व्यवस्था विभागले भाडादर निर्धारण गरेको छ।

विभागले पछिल्लो पटक सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ।

जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं–इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं–जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ।

काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं–पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं–भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ।

काठमाडौं–विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं–भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं–महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ।

काठमाडौं–सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रहेको छ। काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ तोकिएको छ। काठमाडौं–खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ तोकिएको छ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको