कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनले अघि सार्यो नयाँ उम्मेदवार

काठमाडौं– कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई अघि बढाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्। माओवादी केन्द्रका एक नेताले बुधबार गठबन्धनका दलहरूबीच सहमति भएको बताए।

कांग्रेसले दाबी छाडेपछि माओवादी केन्द्रका आङ्बोले अवसर पाउन लागेका हुन्। तर उनले गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका दाबी पेस गर्दा सांसदहरूले स्वतन्त्र निर्णय लिन सक्छन्।

यसअघि कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सार्दा राप्रपाले आङ्बोलाई अघि सारिए समर्थन गर्न सकिने बताएको समाचार सार्वजनिक भएको थियो। मंगलबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट भएको थियो। त्यसमा कोशी प्रदेशमा सघाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीसँगको भेटमा लिङ्देनले सघाउने संकेत गरेका थिए। यद्यपि, राप्रपाले औपचारिक निर्णय भने लिइसकेको छैन। उसले शुक्रबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएको छ। तर लिङ्देनले सार्वजनिक रुपमै अस्थिरताको कारण नबन्ने र मध्यावधि टार्नका लागि आफूहरूको तटस्थता तोड्न सक्ने बताइसकेका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रबार साँझसम्ममा दाबी गर्नु पर्नेछ।

यसअघि सोही गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री भएका थिए। तर उनको नियुक्ति प्रक्रियालाई सर्वोच्च अदालतले दुवैपटक असंवैधानिक ठहर गरिदिएको थियो। त्यसैले कांग्रेसको तर्फबाट उनलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी भइरहँदा विरोध पनि भएको थियो।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको