एमाले सुदूरपश्चिममा अध्यक्षमा जैसी, पदाधिकारीमा अरू को- को ?

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसहित पदाधिकारीहरू सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी छानिएका छन्। उनी अछामका पूर्वजिविस सभापति हुन्।

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका थिए।

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्।

सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्। रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्।

महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्। कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन्।

खुलातर्फ उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन्। अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्।

‘पदाधिकारी र अधिकांश जिल्लामा सर्वसम्मति भइसकेको छ। सुरूदेखि नै हामीले सहमतिको प्रयास गरेका थियौं। निर्वाचन कमिटीले घोषणा गर्न बाँकी रहेको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने।

बाजुरा, अछाम, डडेलधुरा, डोटी, बैतडी र दार्चुला जिल्ला पनि सर्वसम्मत भइसकेको उनले बताए।

यसअघि उपत्यका विशेष प्रदेशमा पनि अध्यक्षमा प्रेम पराजुलीसहित सिंगो कमिटी नै सर्वसम्मत भएको थियो।

लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकीको नेतृत्व चुनावबाट छानिएको थियो। एमालेको मधेस प्रदेश अधिवेशन अहिले जारी छ। त्यहाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारबाट सुरू भएको छ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको