नेपाली कांग्रेसको कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । मुख्यमन्त्री दाबी गर्ने सन्दर्भमा कांग्रेसको शेखर कोइराला समूहले गरेको विद्रोहका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

पार्टीको निर्णयविपरीत कोइराला समूहले एमालेसँग गठबन्धन गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेसका ९ जना सांसदहरू केदार कार्कीलाई मुख्यमन्त्री बनाउने गरी एमालेसँग मिलेका हुन् ।

कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक आज दिउँसो ११ बजे बस्दैछ । यो बैठकले एमालेसँग मिलेका केदार कार्कीसहितका ९ जना सांसदको विषयमा के गर्ने भन्ने निर्णय लिनेछ । शेखर समूहको यो विद्रोहको पराकम्प अन्य प्रदेशमा पनि जाने खतरा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here