कोशी प्रदेशमा सरकार गठनबारे राप्रपाले गर्यो यस्तो निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सरकार गठनको विषयमा तटस्थ बस्ने नीति अख्तियार गर्ने भएको छ। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले कोशी प्रदेश सरकार गठनमा पार्टीको सक्रिय भूमिका नरहने बताएका छन्।

कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न राप्रपाले शुक्रबार पदाधिकारीहरुको बैठक बोलाएको थियो। बैठकले प्रदेश सरकार गठनका विषयमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

‘कोशीमा राप्रपा तटस्थ बस्छ। राप्रपाले घटनाक्रममालाई नजिकबाट नियालेको छ,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै श्रेष्ठले भने।

कोशी सरकार गठनका लागि सत्तारुढ गठबन्धनबाटै २ वटा दाबी पेस भएका छन्। केन्द्रको सत्तारुढ गठबन्धनले गरेको निर्णयानुसार माओवादी केन्द्रबाट इन्द्र आङ्बोले दाबी पेस गरेका छन्। यस्तै, नेपाली कांग्रेसका केदार कार्कीले एमालेको साथमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

सिफारिस

एसईई प्रिन्सेस बाह्रौं संस्करणको ताज प्राप्तिलाई, १३ जनालाई विशेष शैक्षिक सेवा सम्मान

काठमाडौं - सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं संस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल...

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहानको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको...

पाटाको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

 प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा...

अबदेखि ड्राइभिङ लाइसेन्स पनि राष्ट्रिय परिचयपत्रमै

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण...

धेरै पढिएको