संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ एक जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

‘युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगो’ मा खटिएका नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौं डफ्फामा कार्यरत प्युठ भूपजित राईको शुक्रबार निधन भएको नेपाली सेनाले जनाएको छ।

खोटाङ घर भएका प्युठ राईलाई उक्त गणअन्तर्गत ‘ट्याक्टिकल अपरेटिङ बेस’ जिनामा कार्यरत रहँदा बिरामी भएपछि थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारको क्रममा उनको निधन भएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनको शव नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here