काठमाडौं – मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।
दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ। बिरामीको उद्धारका लागि आज बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको हो।
सो दुर्घटनामा परी त्यसका क्याप्टेन पीके सेढाइँ अर्थात् प्रकाशकुमार सेढाइँ घाइते भएका हुन्। उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ।
प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरिएको हो।
आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।