क्रिकेटर दिपेन्द्र सिंह ऐरी प्रहरीको उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ – क्रिकेटर दिपेन्द्र सिंह ऐरी यसवर्ष नेपाल प्रहरीको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा ऐरीलाई प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट खेलाडीको अवार्ड र नगद पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन ऐरीले १९ औं एसियन गेम अन्तर्गत टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । नौ बलमा उनले अर्धशतक पुरा गरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

यसवर्षको पूर्ण शान्ति पुरस्कार इन्स्पेक्टर मोहम्मद कलिम अन्जुमलाई प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्पेक्टर अञ्जुमलाई पुरस्कार प्रदान गरेका हुन् । इन्स्पेक्टर अञ्जुम विशेष ब्यूरोमा कार्यरत छन् ।

‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार वरिष्ठ प्रनानी दुर्गा कुमार योञ्जनलाई प्रदान गरिएको छ । योञ्जन केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)मा कार्यरत छन् ।

यसवर्ष सगरमाथा आरोहण गरेका वरिष्ठ प्रनानी पुरुषोत्तम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरिएको छ ।

भर्खरै चिनमा सम्पन्न १९ औं एसियन खेलकुदमा कराँतेमा रजत जित्न सफल कराँते खेलाडी एरिका गुरुङ, कबड्डीमा कास्य पदक जित्न सफल प्रहरी सहायक हवल्दारहरु नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरीलाई प्रधानमन्त्रीले नगद तथा सम्मान पत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरीले यसवर्षको ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ पूर्व इन्स्पेक्टर कोमल बहादुर थापालाई प्रदान गर्ने निर्णय गरेका छ । प्रधानमन्त्री प्रचण्डले उनलाई अवार्डले सम्मान गरेका छन् ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको