क्रिकेटर दिपेन्द्र सिंह ऐरी प्रहरीको उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ – क्रिकेटर दिपेन्द्र सिंह ऐरी यसवर्ष नेपाल प्रहरीको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा ऐरीलाई प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट खेलाडीको अवार्ड र नगद पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन ऐरीले १९ औं एसियन गेम अन्तर्गत टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । नौ बलमा उनले अर्धशतक पुरा गरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

यसवर्षको पूर्ण शान्ति पुरस्कार इन्स्पेक्टर मोहम्मद कलिम अन्जुमलाई प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्पेक्टर अञ्जुमलाई पुरस्कार प्रदान गरेका हुन् । इन्स्पेक्टर अञ्जुम विशेष ब्यूरोमा कार्यरत छन् ।

‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार वरिष्ठ प्रनानी दुर्गा कुमार योञ्जनलाई प्रदान गरिएको छ । योञ्जन केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)मा कार्यरत छन् ।

यसवर्ष सगरमाथा आरोहण गरेका वरिष्ठ प्रनानी पुरुषोत्तम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरिएको छ ।

भर्खरै चिनमा सम्पन्न १९ औं एसियन खेलकुदमा कराँतेमा रजत जित्न सफल कराँते खेलाडी एरिका गुरुङ, कबड्डीमा कास्य पदक जित्न सफल प्रहरी सहायक हवल्दारहरु नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरीलाई प्रधानमन्त्रीले नगद तथा सम्मान पत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरीले यसवर्षको ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ पूर्व इन्स्पेक्टर कोमल बहादुर थापालाई प्रदान गर्ने निर्णय गरेका छ । प्रधानमन्त्री प्रचण्डले उनलाई अवार्डले सम्मान गरेका छन् ।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको