काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका छन् ।

उनले असोज ७ गते विजयादशमीका दिन अपराह्न २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्ने भएका छन् । ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २ देखि ३ बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here