कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी प्रदर्शनमा नेपालको तेस्रो जित, हङकङ ७९ रनले पराजित

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी प्रदर्शनमा घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ।

शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। सिरिजमा २ खेल खेलेको हङकङ र एक खेल खेलेको यूएई अंकविहीन छन्।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो।

हङकङलाई कम स्कोरमा रोक्न सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट आफ्नो नाममा गरे।

हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रतिश जिसीले १ विकेट लिए। अंशी रथले बनाएको ४५ रन नै हङकङका लागि सर्वाधिक रह्यो। अजिज खानले २५ र बाबर हायातले २० रन थपे।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रनको योगफल तयार पारेको थियो।

पाँचौँ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरे। पाँचौँ विकेटका लागि टी-२०आई क्रिकेटमा भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए।

कुशल मल्ल ९२ रनमा क्याच आउट भए। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का प्रहार गरे।

३४ बलमा ६ चौका र २ छक्का हानेका दीपेन्द्र ५७ रनमा क्याच आउट भए। आशिफ शेख २० रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ११ रनमा बोल्ड आउट हुँदा सोमपाल कामी ८ रनमा क्याच आउट भए।

सन्दीप जोरा र गुलसन झा समान १ रनमा नटआउट रहे। सिरिजको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन्।

सिफारिस

क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक...

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी...

माओवादीले फेरि माग्यो राजीनामा

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका...

सरकारीमा बिरामीको चाप घटाउन स्वास्थ्य मन्त्रीद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा...

सुप्रिम सहकारी प्रकरण: भैरहवा पुगे रवि लामिछाने

काठमाडौं - सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता...

धेरै पढिएको