कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी प्रदर्शनमा नेपालको तेस्रो जित, हङकङ ७९ रनले पराजित

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी प्रदर्शनमा घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ।

शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। सिरिजमा २ खेल खेलेको हङकङ र एक खेल खेलेको यूएई अंकविहीन छन्।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो।

हङकङलाई कम स्कोरमा रोक्न सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट आफ्नो नाममा गरे।

हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रतिश जिसीले १ विकेट लिए। अंशी रथले बनाएको ४५ रन नै हङकङका लागि सर्वाधिक रह्यो। अजिज खानले २५ र बाबर हायातले २० रन थपे।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रनको योगफल तयार पारेको थियो।

पाँचौँ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरे। पाँचौँ विकेटका लागि टी-२०आई क्रिकेटमा भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए।

कुशल मल्ल ९२ रनमा क्याच आउट भए। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का प्रहार गरे।

३४ बलमा ६ चौका र २ छक्का हानेका दीपेन्द्र ५७ रनमा क्याच आउट भए। आशिफ शेख २० रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ११ रनमा बोल्ड आउट हुँदा सोमपाल कामी ८ रनमा क्याच आउट भए।

सन्दीप जोरा र गुलसन झा समान १ रनमा नटआउट रहे। सिरिजको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन्।

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको