धादिङमा कार्तिक १५ र १६ गते ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुँदै, मुख्यमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ – धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कार्तिक  १५ र १६ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको ठाउँ एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको हो ।

कार्तिक  १५ गते ब्रोम्दिङ डाँडामा हुने महोत्सवको उद्घाटन भने बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र विशेष अतिथी पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले गर्नेछन् । बेनीघाट रोराङमै जन्मिएर प्रदेश सांसद हुँदै मुख्यमन्त्री भएका जमरकट्टेलले पहिलोपटक ब्रोम्दिङ एक्सप्लोरका लागि महोत्सवको उद्घाटन गर्ने तय भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले बताए ।

‘पर्यटकीय क्षेत्रका रुपमा उत्कृष्ट गन्तव्य भएकाले ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन मुख्यमन्त्रीबाट गर्न लागेका हौँ’ गाउँपालिकाका अध्यक्ष विवेकले भने, ‘काठमाडौँबाट पत्रकार, कलाकार, भ्लगर, साहित्यकार र पर्यटन क्षेत्रका सबै सरोकारावालामार्फत ब्रोम्दिङ, जरुङ र थमभञ्ज्याङको एक्सप्लोर गर्न लागेका हौँ ।’

नेपाल पर्यटन बोर्डको प्रवर्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा ब्रोम्दिङ पर्यटन महोत्सव हुन लागेको हो । यसअघि नेपाल टूरिजम फेस्टिभल, ताप्लेजुङ–दार्चुला बाइक टूर र हालै गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले ‘ब्रोम्दिङ’ गाउँको एक्सप्लोरका लागि पालिका पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत ब्रोम्दिङ पर्यटन महोत्सवको तयारी गरेको ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘शैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइने र सुन्दर हिमाल तथा गाउँहरुको दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा ब्रोम्दिङ एक्सप्लोर गर्न दशैँको अवसरमा महोत्सव आयोजना गरेका हौँ,’ ब्रोम्दिङ गाउँको भ्रमणपछि उनले भने, ‘राजधानी काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुगिने भर्जिन गाउँमा पत्रकार, कलाकार, भ्लगर्स, बाइक राइडर्स तथा सरोकारवाला लिएर महोत्सव गर्दै एक्सप्लोर गर्न लागेका छौँ ।’

ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

झण्डै २१ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो ।

स्थानीय ढिँडो, सिस्नोको साग, स्थानीय कुखुराको मासु पाइने ब्रोम्दिङमा तामाङ समूदायले सबैभन्दा धेरै मन पराउने ‘लोकल रक्सी’ प्रशस्त पाइन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट १६ किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थमभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

गर्मीमा चिसो हुने र हिउँदमा हिउँ पर्ने थमभञ्ज्याङ र ब्रोम्दिङ पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकको रोजाईमा परेको गन्तव्य हो ।

ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखैअगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा रहेको ब्रोम्दिङ गाउँमा हिउँ परेको बेला शैलुङ र हिउँ नपरेको बेला दामनको जस्तो चिसो मौसमी हावाको आनन्द लिन सकिन्छ ।

ब्रोम्दिङ गाउँ वरपरका अन्य चेपाङ बस्ती, तामाङ बस्ती र डाँडाहरु पनि त्यत्तिकै सुन्दर रहेको ब्रोम्दिङ पर्यटन महोत्सव तयारी समितिका संयोजक तथा पत्रकार चन्द्र तामाङले बताए ।

‘पर्यटक जाने शैलुङ र दामनभन्दा ब्रोम्दिङ गाउँ उत्कृष्ट छ । जसको वास्तविकता हामी कार्तिक १५ गतेको पर्यटन महोत्सवमा देखाउनेछौँ’ उनले भने, ‘आन्तरिक पर्यटकका लागि सुन्दर ठाउँ र बाहिरी पर्यटकका लागि ‘हिप्पी कल्चर’ जगेर्ना गर्न पनि यो महोत्सवले विशेष भूमिका खेल्नेछ ।’

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको