टी–२० विश्वकप क्रिकेट: चलचित्र ‘दिमाग खराब’ले ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार दिने

काठमाडौं – कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को टिमले आईसीसी ट्वान्टी–२० विश्वकप छनोट खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ ।

टी–२० विश्वकप क्रिकेटमा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौसलले टिमलाई महत्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने ‘दिमाग खराब’का निर्माता रौनक बिक्रम कँडेलले जानकारी दिएका छन् । ।

यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट संघ (क्यान)लाई दिइएको छ । चलचित्रको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यसविषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए । नेपाली चलचित्रले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

क्यानसँग मिलेर सिनेमाको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

“अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरिहेका छन्,” निर्माता कँडेलले भने, “यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले सिनेमाको तर्फबाट यो घोषणा गरेका हौँ ।”

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण गरिएको छ ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको