टी-२० विश्वकप छनोटमा नेपालको सिंगापुरलाई ८ विकेटले हरायो

कुशल भुर्तेलको अर्धशतक प्रेरित घरेलु टोली नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा विजय सुरुवात गरेको छ।

सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो। सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९ ओभरमा ८४ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए।

दशौं ओभरको पहिलो बलमा आशिफ शेख २७ रनमा बोल्ड आउट भए। दोस्रो विकेटका लागि कुशल र कप्तान रोहित पौडेलले ५७ रनको साझेदारी गरे। १७ औं ओभरको दोस्रो बलमा कुशल ७४ रन बनाउँदा क्याच आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो।

सिंगापुरविरुद्ध अविनास बोहोरा एक्लैले तिन विकेट झारे। गुलसन झा, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए।

सिंगापुरका लागि अक्षय पुरी १३ र रमेश कलिमुथु १ रनमा नटआउट रहे। ओपनर रोहन रगांराजनले सर्वाधिक ४६ रन बनाए। ३० बलको सामना गरेका रोहनले ९ चौका र १ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहन आठौं ओभरको पहिलो बलमा गुलसन झा को बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे। २० औं ओभरमा आर्यभिर चौधरी ३७ रनमा क्याच आउट भए। २६ बलमा ५ चौका हान्दै ३७ रन बनाएका चौधरी अविनास बोहोराको बलमा करण केसीको हातबाट क्याच आउट भए।

सन्दीप लामिछानेले सातौँ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे।

अविनासले १८ औं ओभरमा लगातार दुई विकेट लिएका छन्। अविनासले १८ औं ओभरको दोस्रो बलमा थिलिप थिलप्पनलाई १ रनमा आउट गरे। त्यसकै चौथो बलमा अविनासले अनन्था कृष्णालाई आउट गरे।

नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए।

समूह चरणको दोस्रो खेलमा नेपालले भोलि मंगलबार मलेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ।

नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको