मन्त्रिपरिषद बैठक: राष्ट्रपति पौडेलको १० दिने विदेश भ्रमण स्वीकृत, अरू के- के भए निर्णय ?

राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ गतेदेखि फ्रन्स, गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन्।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको हो।

यस्तै, मन्त्रिपरिषदले दुई जना मन्त्री, एक राज्यमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको बेग्लाबेग्लै विदेश भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन त्यसतर्फ जान लागेका हुन्। त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्नेछन्। राष्ट्रपति मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने कार्यक्रम छ।

यस्तै, यूएईमा आयोजना हुने ‘दुबई एयर शो २०२३ को १८औँ संस्करण’ भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन मन्त्रिपरिषदले स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिइएको छ।

यही कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने ‘द बेल्ट एण्ड रोड कन्फिरेन्स अन साइनस एण्ड टेक्नोलोजी एक्सचेन्ज’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ।

मन्त्रिपरिषद कार्यालका अनुसार मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने ‘संयुक्त राष्ट्रसंघ अन्तर्गत राज्यपक्षीय भ्रष्टाचारविरुद्धको दसौं सम्मेलन’ कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिइएको छ।

सिफारिस

मन्त्रीहरू हेरफेर गर्दै प्रचण्ड, को को हुँदैछन् बिदा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएलगत्तै मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी गरेका छन् । उनले केही महिनायता मन्त्री हेरफेरको प्रयास...

कहाँ गए प्रहरी सहायक निरीक्षकसहित १३ जवान, सात दिनभित्र हाजिर नभए जागिर चैट

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई...

चिनियाँ उप विदेशमन्त्री सन आज किन आउँदैछन् नेपाल ?

चिनियाँ उप विदेशमन्त्री सन वेइडोङ्ग तीन दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ उप विदेशमन्त्री आज नेपाल आउन लागेका हुन। उनी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कहाँ गए प्रहरी सहायक निरीक्षकसहित १३ जवान, सात दिनभित्र हाजिर नभए जागिर चैट

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई...

चिनियाँ उप विदेशमन्त्री सन आज किन आउँदैछन् नेपाल ?

चिनियाँ उप विदेशमन्त्री सन वेइडोङ्ग तीन दिने औपचारिक भ्रमणमा...

अबका ३ दिन धेरै ठाउँमा भारी वर्षा हुने, आज कहाँ कहाँ पर्छ पानी?

अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग...

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

काठमाडौँ - सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन्...

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र...

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न मिल्दैन : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर...

धेरै पढिएको