ब्रोम्दिङलाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौँ : मुख्यमन्त्री जम्मकट्टेल

धादिङ – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मनोरम दृश्यसहित सेता हिमश्रृङ्खला देखिने धादिङको ब्रोम्दिङलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार र बिहीबार धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं. १ स्थित ब्रोम्दिङमा भएको ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले चिसो मौसमसहित पर्वतीय हिमश्रृङ्खला देखिने आन्तरिक पर्यटकको रोजाईमा पर्ने ब्रोम्दिङलाई बागमती प्रदेशकै नयाँ प्रमुख पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका हुन् ।

बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय बासिन्दासमेत रहेका मुख्यमन्त्री जम्मकट्टेलले दुई दिन ब्रोम्दिङ र जरुङमा बिताएका थिए । बुधबार महोत्सवस्थलमै स्थानीय उत्पादन सिस्नुको साग र गुन्द्रकको अचारसँगै खाना खाएका मुख्यमन्त्री जम्मकट्टेलले ब्रोम्दिङको प्राकृतिक सुन्दरता र पर्यटकको रोजाई एकनास भएकाले अब प्रदेश सरकारले बजेट विनियोजन गरेर ब्रोम्दिङमा पूर्वाधार निर्माण गर्ने पनि बताए ।

‘यसै गाउँठाउँमा जन्मेहुर्केको भएका कारण ब्रोम्दिङ डाँडामा धेरैपटक आएको छु । पहिले आउँदा पनि यो ठाउँमा केही न केही गरौँ भन्ने लागेको थियो । तर समय जुरेको थिएन’ बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपले संयुक्त रुपमा पहिलोपटक आयोजना गरेको ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘यो महोत्सवले गर्दा पर्यटन क्षेत्रका सरोकारवाला, पत्रकार, भ्लगरसँग आउने मौका मिल्यो । आजदेखि ऐतिहासिक रुपमा एक्सप्लोर भएको यो ठाउँलाई थप प्रचारप्रसार गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौँ ।’

नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमीटर उकालो मोटरबाटोको यात्रा गरेपछि पुगिने ब्रोम्दिङ अलौकिक छ । समुन्द्र सतहदेखि २०८० मीटरको उचाईमा रहेको ब्रोम्दिङ डाँडाबाट गणेश हिमाल, अन्नपूर्ण, मनास्लु र माछापुच्छ«े देखिन्छन् । शैलुङका जस्ता थुम्का र दामन तथा सिमभन्ज्याङको जस्तो चिसो हावाले गर्दा ब्रोम्दिङ पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य बनिरहेको हो ।

ड्रोनबाट देखिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका १ को ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ स्थल। फोटो : एपी टोलाङ्

पहिलोपटक महोत्सव गरेर ब्रोम्दिङको एक्सप्लोर गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले अब आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेका कारण पूर्वाधार निर्माण गर्ने चुनौति थपिएको बताए ।

‘पहिलेदेखि यो ठाउँ पर्यटकीय क्षेत्र बनिरहेकै हो । अब यो महोत्सव गरेपछि झन् पर्यटक थपिनेमा विश्वस्त छौँ’ उनले भने, ‘तामाङ बस्तीमा होमस्टे निर्माृण गरेर पर्यटकको बसाई लम्ब्याउने गन्तव्यका रुपमा ब्रोम्दिङको विकास गर्छौँ ।’

नेपाल पर्यटन महोत्सव, ब्रोम्दिङ संस्करण आयोजना गरेर एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एनफएनसीसीआई, पत्रकार, भ्लगर, बाइक राइडर्स लिएर पहिलोपटक ब्रोम्दिङको ‘एक्सप्लोर’ गरेको संयोजक विष्णु विवेकले बताए । ब्रोम्दिङको एक्सप्लोर गर्न सुरुदेखि नै स्थानीय तथा युवा पत्रकार चन्द तामाङले अभियान चलाएका हुन् ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर गरिसकेका पत्रकार तथा संयोजक विष्णु विवेक र पत्रकार तथा राइडर्स चन्द्र तामाङले ब्रोम्दिङ एक्सप्लोर गर्न महोत्सव आयोजना गर्ने योजना बनाएका थिए । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेकले पनि थप साथ, सहयोग र बजेट दिने बचन दिएपछि बुधबार ऐतिहासिक कार्यक्रम गरेर भर्जिन ‘ब्रोम्दिङ एक्सप्लोर’ गरिएको हो ।

ब्रोम्दिङ पर्यटन महोत्सवमा अतिथीका रुपमा पुगेका नेपाल पर्यटन बोर्डका उपाध्यक्ष तथा टानका पूर्वध्यक्ष चन्द्र रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा, नेपाल अटोमोबाइल्स एशोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई र २५ राइडर्ससहित पुगेका एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले काठमाडौँ, पोखरा र चितवन जाने पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा ब्रोम्दिङ एक्सप्लोर भएको टिप्पणी गरे । स्थानीय होमस्टे व्यवस्थापनमा ध्यान दिए ब्रोम्दिङमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने पनि उनीहरुले बताए ।

‘म नेपालका धेरै ठाउँ पुगेको छु । तर जुन मौसम, प्राकृतिक स्वरुप र ब्रोम्दिङको बनावट छ, त्यो साच्चै नै उत्कृष्ट छ, यो महोत्सवले अब ब्रोम्दिङमा पर्यटक आउँछन् । उनीहरुलाई व्यवस्थापन गरेर यहाँको बसाई लम्ब्याउन सक्नुपर्छ’ नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले बताए ।

ब्रोम्दिङको एक्सप्लोर गर्न आयोजित महोत्सवमा काठमाडाँैबाट एक्सपल्स राइडर्स नेपाल, क्लबका २५ राइडर्स, पत्रकार, भ्लगर र सरोकारवाला मोटरसाइकल र स्कार्पियो लिएर पुगेका थिए ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको