काठमाडौं- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन्। प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको आचार्यले जानकारी दिए।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको प्रारम्भिक तथ्‍यांक आएको छ। सो क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिल पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here