सबै सदस्यलाई भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न रवि लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी जाजरकोटका सबै सदस्यलाई भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई सम्पूर्ण साधनस्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन पनि आग्रह गरेका छन् ।

‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको उपचार र स्वास्थ्यलाभको कामना गर्दछौँ । विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनस्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुने आग्रह गर्दछौँ । साथै रास्वपा जाजरकोटका सबै सदस्यलाई उद्धार÷राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ’, उनले फेसबुकमार्फत आव्हान गरेका छन् ।

जाजरकाेटकाे रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगिसकेकाे छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडकाे भूकम्प गएको थियो ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको