शुक्रबार राति गएको भूकम्पमा परी १२८ जनाकाे मृत्युु भएको छ । जाजरकोट र पश्चिम रुकुमका १२८ जनाकाे मृत्युु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।
भूकम्पमा पारी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । यस्तै, भूकम्पमा परी १४० जना घाइते भएका छन् ।