जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका पीडितहरूका लागि १ करोड ५० लाख सहयोग उपलब्ध गराउने घोषणा बागमती प्रदेश सरकारले गरेको छ ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कर्णाली प्रदेश सरकारमार्फत भूकम्प पीडितलाई डेढ करोड रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘हिजो राति कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुन: निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली प्रदेश सरकारमार्फत दिने भएको छ,’ मुख्यमन्त्री जम्कट्टेलको सचिवालयले जानकारी दियो ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म १३२ जनाको मृत्यु भइसकेको नेपाल प्रहरीले जनाएको छ । १५० भन्दा बढी घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here