काठमाडौं – जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । मुख्य केन्द्रबिन्दु रहेको जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ भने त्यतिकै संख्यामा घाइतेहरु रहेका छन् ।
भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा ५२ जनाको मृत्यु भएको छ भने आठबीसकोटमा ६० जना घाइते भएका छन् । तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।